अछाम घटना: एउटै चितामा फूपु–भदैनीको अन्त्यष्टि, दुई जनामाथि मुद्दा दर्ता

अछाम घटना: एउटै चितामा फूपु–भदैनीको अन्त्यष्टि, दुई जनामाथि मुद्दा दर्ता
+
-

काठमाडौँ– अछाममा शनिबार ‘शंकास्पद्’ मृत फेला परेका दुई किशोरी (फूपु–भदैनी)को अन्त्यष्टि गरिएको छ। ढकेरी गाउँपालिका– ८ का १४ वर्षीया इसार खड्का र १५ वर्षीया सरस्वती खड्काको बुधबार गाउँकै बसाली खोलामा अन्त्यष्टि गरिएको हो।

उनीहरू शुक्रबार (माघ ११ गते) बाख्रा चराउन ढकेरी– १को साडेसा सामुदायिक वनमा गएको अवस्थामा बेपत्ता भएका थिए। शनिबार खोजतलास गर्दा दुवै जना क्षतविक्षत अवस्थामा मृत भेटिएका थिए।

त्यसपछि उनीहरूको भेरी अस्पताल नेपालगञ्ज बाँकेमा पोष्टमार्टम गरी बुधबार अन्त्यष्टि गरिएको वडा नम्बर–८ का अध्यक्ष उद्‌वराज उपाध्यायले जानकारी दिए।

पोष्टमार्टम रिपोर्ट आइसकेको छैन। अहिले गाउँ शोकमा रहेको छ। दुवै किरोकीमा बुबा राजगारीका लागि भारतमा थिए। वडाध्यक्ष उपाध्यायका अनुसार उनीहरू घर आएपछि दुवै किशोरीको एकै चितामा अन्त्यष्टि गरिएको छ। ढकेरी– १ अछामको सदुरमुकाम मङ्गलसेनदेखि करिब ५०–५५ किलोमिटर दक्षिणतर्फ पर्छ।

शंकास्पद मृत फेला परेका किशोरीको मृत्युको कारण भने खुलेको छैन। परिवारले भने अहिले हत्या भएको दाबी गरेको छ। ‘हत्याबाहेक त्यहाँ अरु कारण कुनै छैन। दुवै जनाको अनुहार क्षतविक्षत छ। शरीरका अन्य भागमा पनि चोट छ’, मृतक सरस्वतीका काका नाता पर्ने शेरबहादुर खड्काले भने।

उनी दुवै जनालाई कसैले हत्या गरेर फालेको दाबी गर्छन्। ‘त्यहाँ ढुङ्गा आउने ठाउँ पनि छैन। जङ्गल छ। त्यसैल ढुङ्गा आयो र त्यसैले लागेर मृत्यु भयो भन्ने ठाउँ पनि छैन’, उनले भने ‘लडेर भीरबाट छरिए भन्ने अवस्था पनि छैन। यस्तोमा हत्याबाहेक अरु त केही देखिदैन।’

उनका अनुसार सरस्वती र इसराको शव १५ मिटरको दुरीमा छुट्टाछुट्टै भेटिएको थियो।

५ जना पक्राउ परेका थिए, २ जनामाथि ज्यान मार्ने कसुरमा मुद्दा दर्ता

दुई किशोरीको ‘शंकास्पद्’ मृत्युमा अनुसन्धान लागि प्रहरीले ५ जनालाई पक्राउ गरेकाे थियो।

त्यसमध्ये ३ जनालाई छाडेर २ जनालाई ज्यानमार्ने कसुरमा जिल्ला अदालत अछाममा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी इन्स्पेक्टर टेकबहादुर देउवाले बताए।

ती दुई जनाको परिचय खुलाइएको छैन। तर वडा नम्बर ३ का युवाहरू रहेको बताइएको छ। इन्स्पेक्टर देउवाले ती युवा र किशोरीबीच चिनजान भएको देखिएको बताए।

‘धेरै कुरा खुलेको छैन। अहिले प्रदेश प्रहरीबाट अनुसन्धानको टोली आएर अनुसन्धान गरिरहेको छ’, उनले भने ‘ती युवा र किशोरीबीचमा चिनजान भने रहेको देखिएको छ।’

प्रहरी अनुसन्धानमा युवा र किशोरीबीच फोन सम्पर्क भएको देखिएको छ। प्रहरीले स्रोतले ती युवाले हत्या गरेको स्वीकार गरेको बताउँछ। घटनाको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोली पनि पुगेको छ।

घटनाको अनुसन्धान भइरहेको र छिट्टै तथ्यहरू बाहिर ल्याउने तयारी भएको अछाम प्रहरी प्रमुख डिएसपी इश्वरीप्रसाद भण्डारीले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?