
झापा – यातायात बन्दका कारण मेची राजमार्गमा सयौं यात्रुवाहक सवारी साधन अलपत्र परेका छन्। यातायात चल्न नदिने र स्कर्टिङ गरेर गाडी चलाउन लागेको प्रहरीबीच झापाको बुधबारेमा झडपको स्थिति सिर्जना भएको छ।
बन्दकर्ताहरू सडकमा छन् भने प्रहरीले बन्द खुलाउने प्रयास गरिरहेको छ। केही बन्दकर्ता र प्रहरीबीच ठेलाठेल पनि भएको थियो।
केही दिनअघि ताप्लेजुङको पाथीभरा क्षेत्रमा भएको झडपलाई लिएर मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, केबलकार खारेजी संयुक्त संघर्ष समितिलगायतले अनिश्चितकालीन बन्द आह्वान गरेको छ।