
प्रेमिल महिना फेब्रअरीकाे सुरुवातसँगै पाेइट्री अनप्लग नेपालमा कवि तथा गीतकार विप्लव प्रतीकका विशेष कविता वाचन हुने भएका छन्।
श्रोताहरूका निम्ति लालटिन पोयट्री सेसनअन्तर्गत ८ उनका प्रेमिल कविताहरूको कोसेली पस्कने तयारी छ। पोयट आइडल, कृपा अनप्लग्ड र रोडिज जस्ता सफल कार्यक्रमहरूका निर्देशक रहिसकेका अमन प्रताप अधिकारीको निर्देशनमा बनेको यस लालटिन पोयट्री सेसनभित्र कवि प्रतीकका साथमा कवि विपना अधिकारी, विजय लुइँटेल, मुस्कान पोखरेल र अतुल सिंहले आफ्ना प्रेमिल कविताहरू प्रस्तुत गर्दैछन्।
आइतबार माघ २० गते फेब्रुअरीको पहिलो प्रस्तुतिको रूपमा आफ्नो युट्युव च्यानल पाेइट्री अनप्लग नेपालमा कवि प्रतीकको कविता ‘अन्तिम भेट’ सार्वजनिक गर्नेछ।
किबोर्डिस्ट सिम्सन प्रधानको पार्श्व संगीतले सजिएका प्रेमील कविताहरुलाई श्रोताहरू सामु प्रस्तूत गर्नका लागि टाइटल स्पन्सरका रूपमा नेपाल कलेज अफ म्यानेजमेन्ट, सफल एडुकेसन एण्ड भिसा सर्भिसेस जोडिएका छन् भने प्रमुख स्पन्सरका रूपमा अस्ट्रेलियास्थित ब्लिस मस्म र लेवा (अन्लाइन इङ्लिस लर्निङ प्लाटफर्म) जोडिएका छन्।
त्यस्तै, मिडिया पार्टनरका रुपमा देश सञ्चार, साहित्य पार्टनरका रुपमा साहित्यपोस्ट र अनलाइन पार्टनरका रुपमा मिम नेपालले समेत पाेइट्री अनप्लग नेपालको यात्रालाई सघाइरहेका छन्।
भिडियो: