वीरगन्ज – रौतहटबाट खैरो हिरोइनसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका–४ बस्ने ३१ बर्षका सागर श्रेष्ठ छन्।
श्रेष्ठलाई सोही स्थानबाट डेढ ग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको रौतहटका प्रहरी प्रबक्ता डिएसपी दीपककुमार रायले जानकारी दिए। पक्राउ परेका श्रेष्ठलाई लागुऔषध मुद्दामा अदालतबाट म्याद लिई थप अनुसन्धान भईरहेको रायले बताए।

यता, बाराबाट ६३ किलो प्रतिबन्धित गाँजा प्रहरीले बरामद गरेको छ। सुबर्ण गाउँपालिका– ३ बकतौरास्थित नेपालबाट भारततर्फ जाँदै गरेको बा. प्रदेश९०२०४१ प ५७३७ र ना ६३ प ३९८८ नम्बरको मोटरसाईकलबाट उक्त परिमाणको गाँजा प्रहरीले बरामद गरेको हो। प्रहरीलाई देखेपछि मोटरसाइकल चालक भने फरार भएको बाराका प्रहरी प्रबक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































