देशसञ्चार चौतारीमा भाग-८२

जो नेपथ्यमा बसेर ‘नेपथ्य’लाई संसारभरि दौडाउँछन्  

+
-

देशसञ्चार चौतारीको यसपटकको अंकमा हामी कला, साहित्य र संगीत विधामा समर्पित संस्था ‘नेपालय’का प्रमुख किरणकृष्ण श्रेष्ठलाई निम्त्याएका छौँ। एभरेस्ट बैँकको सञ्चालकसमेतको भूमिकामा रहेका श्रेष्ठले देशसञ्चार चौतारीमा कला, साहित्य र संगीतका विषयमा मात्र कुरा गरेनन्, अर्थतन्त्र र राजनीतिका विषयमा समेत कुरा गर्न भ्याए।

कला र संस्कृतिका क्षेत्रमा व्यापारिक नभईकन कसरी व्यापार गर्न सकिन्छ भन्ने सोचेर ‘नेपालय’ स्थापना गरेको बताउने श्रेष्ठले यो स्थापनाको अढाइ दशकमा झन्डै ६० वटा किताब प्रकाशन गरेका छन् भने नेपथ्यका देशबिदेशमा गरी दर्जनौँ कन्सर्ट आयोजना गरिसकेका छन्। यसअतिरिक्त नेपालयले सुगम संगीतमा मासिक रुपमा ‘पलेँटी’ श्रृंखला पनि आयोजना गरेका छन्।

श्रेष्ठले नेपालयसँगै आफ्ना बालबालिका पनि हुर्किएको उल्लेख गर्दै परिवारका कसैले पनि प्रश्न नगर्दा आफूलाई कला र साहित्यमा लागिरहन सजिलो भएको पनि बताए। अमृत गुरुङले नेतृत्व गर्ने लोकप्रिय ब्यान्ड ‘नेपथ्य’लाई अहिलेसम्म १७ वटा देशको करिब ५० वटा सहरमा पुर्‍याइसकेको छ नेपालयले, श्रेष्ठकै नेतृत्वमा।

‘मैले प्रोडक्सनमा बढी ध्यान दिएँ, अमृत गुरुङले सिर्जनामा ध्यान दिए जसले हामीलाई क्वालिटीमा काम गर्न सजिलो भयो,’ उनले देशसञ्चार चौतारीका क्रममा भने।

उनका अनुभवमा राम्रो कार्यक्रम गर्दा नेपाली डायास्पोराले पैसा तिर्दा पनि कञ्जुस्याइँ गर्दैन। ‘कुनै समय २०/२५ डलर तिर्न गाह्रो मान्ने दर्शक अहिले नेपथ्यका कार्यक्रमलाई सय डलर तिर्न पनि अप्ठ्यारो मान्दैनन्,’ उनले भने।

नेपालयले गर्ने कार्यक्रम पलेँटी पनि निकै लोकप्रिय छ जहाँ अहिलेसम्म माधव घिमिरे, फत्तेमान, प्रेमध्वज प्रधान, भीम विरागजस्ता थुप्रै हस्तीहरुले आफूलाई प्रस्तुत गरिसकेका छन्। पछिल्लो समयमा पलेँटी र अन्य कलासम्बन्धी कार्यक्रममको भेन्यूका रुपमा पनि नेपालयले ‘आरशाला’को नयाँ भवन तयार गरेको छ जहाँ कफीसप र बुकसपसहित कलाका विभिन्न आयामको आनन्द लिन सकिने श्रेष्ठ बताउँछन्।

पब्लिकेसन्स्‌मा पनि सक्रिय नेपालयका प्रमुख श्रेष्ठ लेखेर जीविका चलाउन लेखकहरुमा निरन्तरता आवश्यक पर्ने बताउँछन्।  एउटा लेखकले ६ देखि १० वटासम्म किताब लेख्यो भने पुरानो किताबको रोयल्टीले लेखेरै बाँच्न सकिने अवस्था आउने उनी बताउँछन्। नेपालयले् पब्लिकेसनका रुपमा पहिलोपटक पत्रकार नारायण वाग्लेको चर्चित उपन्यास ‘पल्पसा क्याफे’लाई सार्वजनिक गरेको थियो, सन् २००५ मा।

आफूले कयौँ कन्सर्टहरुको आयोजकको भूमिका खेलेको ‘नेपथ्य’का गायक अमृत गुरुङ बोलीमा पक्का रहेको उनी बताउँछन्। ‘सायद अनुशासनकै कारणले गर्दा अमृत यति अगाडि आउन सकेका हुन्,’ उनले देशसञ्चार चौतारीका क्रममा भने। मान्छे चिन्न यात्रा गर्नुपर्ने बताउने श्रेष्ठले आफूले अमृत गुरुङसँग लामो यात्रा गरेको बताउँछन्।

त्यस्तै देशसञ्चार चौतारीका क्रममा श्रेष्ठले लिनभन्दा दिन बढी आनन्द आउने पनि बताए।

काठमाडौँमै जन्मेका श्रेष्ठ यो सहरले सबैलाई आत्मसात् गर्ने बताउँछन्। जुनसुकै ठाउँबाट आए पनि कोही पनि मान्छे काठमाडौँ आउनेबित्तिकै काठमाडौँकै हुने उनी बताउँछन्। काठमाडौँ बिग्रेको नभई झन् भ्राइब्रेन्ट बन्दै गएको उनी बताउँछन्।

सरोकारवाला निकायहरुले जवाफदेहिता नदेखाउँदा नेपाल ग्रे लिस्टको सूचीमा आएको एभरेष्ट बैँकका सञ्चालक समेत रहेका श्रेष्ठ बताउँछन्। पैसाका क्षेत्रमा नियममात्र बनाएर नपुग्ने, बरु नियमको पालनासमेत गर्नुपर्ने श्रेष्ठ बताउँछन्।

पूरा अन्तर्वार्ता:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?