परम्परागत तेलबाली कालो तिल खेती हरायोः आयातित तेलको अधिक प्रयोग

परम्परागत तेलबाली कालो तिल खेती हरायोः आयातित तेलको अधिक प्रयोग
+
-

मुगु – पहिलेपहिले गाउँघरमा सहजै पाइने कालो तिल खेती अहिले लोप हुने अवस्थामा पुगेको छ। स्थानीयस्तरमा तेल निकाल्ने परम्परागत विधि हराउँदै जाँदा बजारमा आयातित तेलको प्रयोग उल्लेखनीय रूपमा वृद्धि भएको छ।

गाउँका वृद्धवृद्धाका अनुसार पहिले महिला ढुङ्गाको दुनेरी प्रयोग गरी तेल निकाल्ने गर्थे। तर अहिले यो परम्परा हराउँदै गएको छ। आधुनिक प्रविधिको प्रयोग र बाहिरी तेलको सहज उपलब्धताले गर्दा स्थानीय उत्पादन घट्दै गएको स्थानीय कृषक लाप्से बिकले बताए।

‘पहिले हरेक घरमा तिल खेती गरिन्थ्यो, अहिले न त खेतबारी बाँकी छ, न त पुरानो परम्परा। बजारमा सहजै पाइने तेलले हाम्रो परम्परागत खेती नै विस्थापित भइसकेको छ,’ स्थानीय बासिन्दा झुप्री नेपालीले भनिन्।

विशेष गरी पहाडी र हिमाली भेगमा परम्परागत रूपमा तेल निकाल्ने चलन रहेको भए पनि हाल यो प्रवृत्ति हराउँदै गएको छ। सरकारले स्थानिय तेलबाली प्रवर्द्धन गर्न पहल नगरेको र आयातित तेलमाथि निर्भरता बढेको कारण परम्परागत कालो तिल खेती लोप हुने अवस्थामा पुगेको विज्ञहरूले बताएका छन्।

स्थानिय उत्पादन प्रवर्द्धन गर्न सरकारको ध्यान जानु आवश्यक रहेको किसानहरूको माग छ। यदि समयमै उचित नीति ल्याइएन भने स्थानीय उत्पादनहरू पूर्ण रूपमा हराउने चिन्ता ब्यक्त गरिएको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’