वीरगन्ज – हुण्डी कारोबारमा संलगन रहेको आरोपमा श्रोत नखुलेको सात लाख रकमसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्साको बिन्दवासिनी गाउँपालिका–३ झौवा बस्ने ४३ बर्षका अजयकुमार साह छन्।
वीरगञ्ज महानगरपालिका–१० आदर्शनगर स्थित सडक खण्डबाट साहलाइ प्रहरीले पक्राउ गरेको हो। उनको साथबाट सात लाख रकम बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता डिएसपी किशोर लम्सालले जानकारी दिए।
पक्राउ परेका उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुण्डीसम्बन्धी कारोबार गर्न नहुने) कसूरमा थप अनुसन्धान भइरहेको लम्सालले बताए।
साहविरुद्ध गत बैशाख ७ गतेसमेत बैंक तथा वित्तीय संस्थासम्बन्धी कसुरमा मुद्दा चलाइएकोले उनी पटके हुण्डी कारोबारी भएको देखिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































