उपेन्द्रले मागे संघमा स्वास्थ्य मन्त्रालय

उपेन्द्रले मागे संघमा स्वास्थ्य मन्त्रालय
+
-

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संघमा स्वास्थ्य मन्त्रालय मागेका छन्।

सरकारले ल्याएको ६ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रिय सभामा यादव निर्णायक बनेपछि उनी सत्तारुढ दलहरूसँग बार्गेनिङ गर्दै संघमा स्वास्थ्य मन्त्रालय मागेका हुन्।

प्रतिनिधिसभामा यादवविनै अध्यादेश पास गर्नका लागि काँग्रेस–एमालेसँग बहुमत भए पनि राष्ट्रियसभा भने उनीहरूको मात्रैले बहुमत पुग्दैन।

राष्ट्रिय सभामा बहुमतका लागि यादव नेतृत्वको जसपा नेपालका ३ जना सांसद निर्णायक बनेका छन्।

यदी अध्यादेश स्वीकृतिका लागि साथ चाहिएको हो भने स्वास्थ्य मन्त्रालय आफूलाई दिन यादवले काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका हुन्।

उनले बिहीबार बिहान देउवा र ओलीसँग भेट गरेका थिए। भेटमा मधेश प्रदेशमा मुख्यमन्त्री पनि आफूलाई हुनुपर्ने उनले माग गरेका छन्।

यादवसँग कुरा मिल्न नसकेपछि आजका स्वीकृतिका लागि संसद्मा पेश गरिने भनिएको अध्यादेश रोकिएको छ।

स्रोतले मधेश प्रदेशमा मुख्यमन्त्री दिन सत्तारुढ दलहरू तयार भएको जनाएको छ।

काँग्रेसले जसपाको समर्थनमा अध्यादेश पास गरिने बताएको छ। काँग्रेस संसदीय दलको बैठकपछि काँग्रेस सांसद श्याम घिमिरेले जसपाको समर्थनमा अध्यादेश स्वीकृत गरिने बताए।

उनले जसपा सरकारमा सहभागी हुन खोजेको र त्यसका लागि छलफल भइरहेको जानकारी गराए।

जसपाले केपी ओली नेतृत्वलाई समर्थन गरेको भए पनि सरकारमा भने सहभागी भएको छैन।

प्रतिपक्ष दलहरूले भने सरकारले ल्याएको अध्यादेशको विरोध गरिरहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?