मुगुकाे कर्णाली नदीमा माछाको संकट

मुगुकाे कर्णाली नदीमा माछाको संकट
+
-

मुगु – मुगुको कर्णाली नदीमा माछाको संख्या द्रुत रूपमा घट्दै गएको छ। स्थानीय बासिन्दाका अनुसार अन्धाधुन्ध शिकार, जलप्रदूषण, र जलवायु परिवर्तनका कारण नदीमा माछा पाउनै कठिन हुँदै गएको छ।

अवैध रूपमा विषादी प्रयोग, विद्युतीय प्रविधिबाट माछा मार्ने, तथा जालको अत्यधिक प्रयोगका कारण माछाको प्रजनन क्षमतामा गम्भीर असर परेको छ। स्थानीय रामलाल लावड भन्छन्, ‘पहिले जति पनि माछा पाइन्थ्यो, अहिले त दिनभर जाल हाल्दा पनि केही हात लाग्दैन।’

सरकार र सरोकारवाला निकायहरूले नदी संरक्षण र माछा संरक्षणका ठोस नीति अवलम्बन नगरे मुगुका नदीहरू माछाविहीन हुने खतरा बढेको छ।

व्यावसायिक रूपमा माछा पालन नगरे पनि गमगाड खोला, खतेड खोला, तथा मुगु कर्णाली नदीमा सीमित मात्रामा माछा व्यापार चल्दै आएको थियो। तर हाल नदीमा पासो हाल्ने, जाल खेल्ने, जस्तोसुकै उपाय अपनाउँदा पनि माछा न्यून मात्रामा पाइने स्थानीय युवा बताउँछन्।

जलवायु परिवर्तनका कारण पानीमा निर्भर जीवहरूको अस्तित्वसमेत संकटमा परेको छ। मुगुका नदी र त्यहाँको जलचर संरक्षणका लागि सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्नु आवश्यक देखिन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?