मुगु अस्पतालमा रक्तसञ्चार सेवा अभाव

मुगु अस्पतालमा रक्तसञ्चार सेवा अभाव
+
-

मुगु – मुगु जिल्ला अस्पतालमा ब्लड बैंक नहुँदा गम्भीर बिरामीहरूलाई समयमा रगत उपलब्ध गराउन मुस्किल भइरहेको छ। आकस्मिक रूपमा रगत आवश्यक परेमा बिरामीका आफन्त वा स्थानीय व्यक्तिहरूसँग गुहार्नुपर्ने बाध्यता छ।

स्वास्थ्य सेवा व्यवस्थापक तथा बालरोग विशेषज्ञ डा. निर्मल नगरकोटीले अस्पतालमा रक्तसन्चार सेवा नभएको जानकारी दिए।

उनले भने, ‘अस्पतालमा गम्भीर प्रकृतिका बिरामीलाई अस्पतालकै चिकित्सक वा अन्य कर्मचारी बाट रगत डोनेट गर्ने ब्यबस्था मिलाएका छौ। रगत आबश्यक परेको बेला ब्यक्तिबाटै काम चलाएका छौ, खासै समस्या त छैन तर पनि केही समयपछि रक्त सन्चार सेवा केन्द्र स्थापना गर्ने सोचिरहेका छौ।’

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्र बहादुर मल्लले पनि यो समस्या समाधान गर्न पहल भइरहेको जानकारी दिए।

१५ शय्याको यस अस्पतालमा दुई जना विशेषज्ञसहित १० जना चिकित्सक कार्यरत छन्। तर, आधारभूत पूर्वाधार नहुँदा बिरामीहरूले गुणस्तरीय सेवा लिन नसकेको स्थानीयहरूले गुनासो गरिरहेका छन्।

मुगु अस्पतालमा दैनिक आकस्मिक तथा सामान्य बिरामीहरूको चाप बढ्दै गएको छ। तर, ब्लड बैंक नहुँदा रगत आवश्यक परेका बिरामीका आफन्तहरू टाढासम्म खोज्न जानुपर्ने अवस्था छ।

यो समस्या समाधानका लागि प्रदेश सरकार तथा संघीय सरकारको तत्काल ध्यान जान आवश्यक रहेको सरोकारवालाहरू बताउँछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?