
काठमाडौँ – काठमाडौँको फर्पिङमा करिब ५० जना विद्यार्थी चढेको स्कुल बस दुर्घटनामा परेको छ।
प्रहरीका अनुसार दुर्घटनामा चालकसहित एक विद्यार्थीको मृत्यु भएको छ। आइतबार अपराह्न साढे ३ बजे दक्षिणकाली नगरपालिका–३ भञ्ज्याङमा जुनकिरी इंग्लिस स्कुलको बस दुर्घटना भएको हो।
दुर्घटनामा ४० वर्षीय चालक राधाकृष्ण मगरको घटनास्थलमै ज्यान गुमेको हो भने ८ वर्षीय विद्यार्थी विपीन श्रेष्ठको उपचारका क्रममा ट्रमा अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनाका घाइतेहरुको काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार ३९ जना घाइतेहरुको बयोधा अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, नर्भिक अस्पताल, दक्षिणकाली नगर अस्पताल, मेडिसिटी अस्पताल, कीर्तिपुर अस्पताल, शहीद मेमोरियल अस्पताल, मनमोहन स्मृति अस्पतालमा उपचार भइरहेको छ।
तस्बिरहरू: