
पहिलो अध्याय
उहाँ हुनुहुन्छ- १४ औं दलाई लामाका जेठा दाजु ग्यालो दोन्डुप। वि.सं. १९८५ कात्तिक १९ मा जन्मेका दोन्डुपको ९७ वर्षको वृद्ध उमेरमा माघ २६ गते कालेबुङमा निधन भयो। १४ वर्षको उमेरमा उहाँ चीनको नान्जिङमा चिनियाँ इतिहास अध्ययन गर्न जानुभयो, जहाँ उहाँले च्याङ काइ-शेक लगायतका प्रभावशाली नेताहरूसँग भेट गर्नुभयो। विं.सं २००४ मा उहाँले कुओमिन्ताङ जनरलकी छोरी झुदानसँग विवाह गर्नुभयो। चीनमा बढ्दो गृहयुद्धको अवस्था आएपछि उहाँ विं.सं २००५ सालमा नान्जिङ छोडेर तिब्बत फर्किनुभयो।
चीन बाट कुओमिन्ताङ सरकार ढलेर माओत्सेतुङको कम्युनिस्ट सरकार आएपछि तिब्बत चीनको विवाद झन् चर्किँदै जान थाल्यो।
यही विवादमा अमेरिकाको खुफिया एजेन्सीले बीचमा बसेर आगोमा घिउ थप्ने काम गर्दै थियो, चीन बाट तिब्बत मुक्त गराइदिने आश्वासनपछि ग्यालो दोन्डुप पनि सिआइएको योजनामा सक्रिय हुन थाले। चीनको दबदबा तिब्बतमा बढ्दै गएपछि विं.सं २००९ सालमा उनले तिब्बत छोडेर भारतमा आएर चीन विरुद्धमा अन्तर्राष्ट्रिय साथ-सहयोगको लागि समर्थन जुटाउँदै तिब्बत मुक्त पार्न सशस्त्र सेना बनाउन थाले। यसै क्रममा उनले विं.सं २०१४ सालमा तिब्बती युवाहरूलाई अमेरिका पठाएर गुरिल्ला तालिम लिन लगाए।
चीन सरकारले सशस्त्र पैदल सेना सहित तिब्बत कब्जामा लिन अगाडि बढेपछि दलाई लामा विं.सं २०१६ सालमा तिब्बतबाट भारत निर्वासनमा आउनुभयो। यसको सबै व्यवस्थापन ग्यालो दोन्डुपले जवाहरलाल नेहरुसँग मिलेर गरेका थिए।
ग्यालो थोंडुपको नेतृत्वमा अमेरिकी सिआइएको सहयोगमा प्रशिक्षित तिब्बती लडाकुहरू वि.सं. २०१७ सालमा मुस्ताङ क्षेत्र हुँदै नेपाल प्रवेश गरेर नेपालको उत्तरी सिमावर्ती क्षेत्रमा आधार इलाका बनाएर चीन विरुद्ध छापामार युद्ध गर्दै थियो।ल यसैबीच अन्तर्राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण फेरबदल भयो।
अमेरिकी बिदेशमन्त्री हेनरी किसिन्जरको एउटा चर्चित भनाइ थियो- अमेरिकाको सत्रु बन्नु खतरापूर्ण हुन्छ तर साथी बन्नु झन् घातक हुन्छ। ५० वर्ष अगाडि भनेको यी कुरा अहिले पनि उत्तिकै सान्दर्भिक छ- त्यसैले ग्यालो थोन्डुपले भोगेको कटु भोगाइबाट हाम्रf नीतिनिर्माता नेताहरुले परराष्ट्र नितिमा सन्तुलित भएर भूमिका खेल्नुपर्छ। तिब्बती आन्दोलनको एक कालखण्डको नेतृत्व गर्ने वरिष्ठ तिब्बती नेता ग्यालो दोन्डुपप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली।
दोस्रो अध्याय
यी सबै घटनाक्रम भइरहेका बेला बिश्व दुई ध्रुबमा विभाजित थियो, एउटा ध्रुबको नेतृत्व सोभियत रुसले र अर्को ध्रुबको नेतृत्व अमेरिकाले गरिरहेको थियो, तत्कालीन समयमा चीन सोभियत रुसको कित्तामा थियो भने भारत अमेरिकाको कित्तामा। लगत्तै एउटा घटना हुन्छ, सोभियत रुस र चीन बिचमा।
रसिया र चीनको सिमानामा रहेको एउटा सानु टापुलाई रसियाले दमस्के टापु र चीनले झेन्बाओ टापु भनेर दुई देशकका सेनाबीच झडप हुन्छ र दर्जनौं चिनियाँ सेनाको मृत्यु हुन्छ। सैन्य झडपपछि रसिया र चीनबीचमा मनमुटाव सुरु हुन्छ। शत्रुको शत्रु मित्रु हुन्छ भन्ने रणनीति अनुसार अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार हेनरी किसिन्जर गोप्य रूपमा वि.सं. २०२८ सालमा चीन गएर माओत्सेतुङलाई भेटेर वार्ता गर्छन्। त्यतिबेलासम्म अमेरिकाले चीन सरकारलाई मान्यता पनि दिएको थिएन, यो वार्तालाप सफल हुन्छ, चीन रसियाको कित्ता छोडेर अमेरिकी कित्तामा आउँछ।
वि.सं. २०२९ सालमा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको औपचारिक रूपमा चीनमा राजकीय भ्रमण हुन्छ, चीनले भव्य स्वागत सत्कार गर्छ। यसरी सम्बन्ध बढ्दै गएर अन्ततः अमेरिकाले ‘एक चीन नीति’ को घोषणा गर्दै तिब्बत र ताइवानलाई चीनको अभिन्न अंगको रूपमा घोषणा गरेर चीन अमेरिकी साझेदारी बन्न पुग्छ।
त्यसपछि के हुन्छ ?
तेस्रो अध्याय
चीन आफ्नो कित्तामा आएपछि अमेरिकाले चीन विरुद्धमा प्रयोग गरेको तिब्बती गतिविधि ठप्प पार्छ, अमेरिकी साथ-सहयोग नभएपछि तिब्बती बिद्रोह टुहुरो बन्नजान्छ। हिजो जसको आडभरोसामा चीनसँग लडेर तिब्बत मुक्त पार्छु भन्नेहरुको लडाइँ लड्न त पर जाओस्, उनीहरूलाई साँझबिहान मुखमा माड हाल्न पनि धौधौ हुनपुग्छ।
अमेरिकाले चीनसँग घाँटी जोडेपछि दलाई लामाले सशस्त्र बिद्रोह स्थगित गरेको घोषणा गर्छ, नेपालको उत्तरी सिमानामा रहेको बिद्रोहीलाई नेपाल सरकारसँग आत्मसमर्पण गरेर हातहतियार बुझाउन भनेर दलाई लामाले रेडियो सन्देश दिन्छन्। उक्त सन्देशको एउटा टेपरेकर्ड दलाई लामाले नेपाल सरकारलाई पनि दिन्छन्। नेपाल सरकारले पनि आत्मसमर्पण गर्न आउने खम्पा बिद्रोहीलाई उचित बन्दोबस्तको व्यवस्था मिलाउने आश्वासन दिन्छ, धेरैले आत्मसमर्पण गर्छन् तर एकजना कमान्डर वाङ्दीले मान्दैन त्यसलाई नेपाली सेनाले गोली हानेर मार्छ।
चीन अमेरिकी गठबन्धन भएपछि बिदेशको सहयोगमा तिब्बत मुक्त गर्छु भनेर ठूलो सपना देखिरहेका दलाई लामाको दाजु दोन्डुपको सपनामा वज्रपात पर्छ, अन्तर्राष्ट्रिय साथ सहयोग केही नभएपछि लड्ने कुरा त परै जाओस्, उनलाई पनि साँझ बिहानको गाँस वासको समस्या पर्न जान्छ। त्यसपछि उनी चाउचाउको कारखाना खोलेर दैनिकी गुजारा गर्दै धरातलीय राजनीतिमा अवतरण गर्छन्।
अमेरिकाले तिब्बतीहरुलाई नराम्रोसँग उपयोग गरेको भन्ने बुझेपछि दोन्डुप चीनसँग सम्बन्ध बिस्तारमा लाग्छन्। उनले वि.सं. २०३५ मा चिनियाँ वरिष्ठ नेता देङ शियाओपिङसँग भेटेर तिब्बत मामिलामा सम्वाद गरेका थिए, त्यसपछि पनि उनी दलाई लामाको दुत बनेर पटकपटक चीन भ्रमण गरेका थिए। उनको एउटै मन्त्र थियो- तिब्बतको समस्याको समाधान तेस्रो पक्षबाट खोज्न हुन्न। भए पनि नभए पनि चीनसँग सिधै वार्ता गर्नुपर्छ।
अमेरिकी बिदेशमन्त्री हेनरी किसिन्जरको एउटा चर्चित भनाइ थियो- अमेरिकाको सत्रु बन्नु खतरापूर्ण हुन्छ तर साथी बन्नु झन् घातक हुन्छ। ५० वर्ष अगाडि भनेको यी कुरा अहिले पनि उत्तिकै सान्दर्भिक छ- त्यसैले ग्यालो थोन्डुपले भोगेको कटु भोगाइबाट हाम्रf नीतिनिर्माता नेताहरुले परराष्ट्र नितिमा सन्तुलित भएर भूमिका खेल्नुपर्छ। तिब्बती आन्दोलनको एक कालखण्डको नेतृत्व गर्ने वरिष्ठ तिब्बती नेता ग्यालो दोन्डुपप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली।
(फेसबुकबाट सम्पादनसहित साभार)