बेलियो एक्स्पोमा ग्राहकको घुइँचो, आईटीका सामान मुख्य आकर्षण

बेलियो एक्स्पोमा ग्राहकको घुइँचो, आईटीका सामान मुख्य आकर्षण
+
-

काठमाडौँ- सागर ग्रुपले आयोजना गरेको एक्स्पोमा ग्राहकको घुइँचो लागेको छ।

बेलियो एक्सपेरियन्स सेन्टर कलंकीमा मंगलबारदेखि आयोजित ‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइलः मिट एण्ड ग्रिट एक्स्पो–२०२५’ मा नवीनतम प्रविधिमा चासो राख्नेहरूको सक्रिय सहभागिता देखिएको हो ।

सूचना प्रविधिका उत्पादन साथै प्रविधिसँग सम्बन्धी सामान एक्स्पोमा राखिएका छन्, जसले अवलोकनकर्ताहरूलाई सहज रूपमा बुझ्ने, किन्ने र प्रत्यक्ष प्रयोगको अनुभव सुनिश्चित गरेको सागर ग्रुपकी उपाध्यक्ष बुद्ध लक्ष्मी मानन्धरले जानकारी दिइन् ।

बुधबारसम्म सञ्चालन हुने यो एक्स्पोबाट सामानको खरिदमा विशेष छुटको व्यवस्थापन गरिएको छ । छुटले गर्दा पनि उपभोक्ताको घुइँचो बेलियो एक्स्पोमा देखिएको हो । सागर ग्रुपका अनुसार प्रिन्टरको खरिदमा ५० प्रतिशतसम्म र अन्य सामानको खरिद न्यूनतम २० प्रतिशतसम्म छुट दिइएको छ ।

नेपालमा आईटी सम्बन्धी प्रडक्ट बिक्री, वितरण तथा गुणस्तर सेवा सागर ग्रुपले दिँदै आएको छ । विगत १६ वर्षदेखि ब्रदरका प्रिन्टरहरू बिक्री गर्दै यस ग्रुपले एक्स्पोबाट ब्रदर टोनर बक्स सिरिजअन्तर्गत ६ वटा मोडलका प्रिन्टरको सार्वजनिक गरेको छ ।

तेस्रो संस्करणको यस एक्स्पोमा ब्रदर तथा कोनिका प्रिन्टर, एक्स–ल्याब ल्यापटप, क्यास्परस्की, आईडीपी, माइक्रोप्याक आदि ब्रान्डका सामान राखिएका छन् । एक्स्पोमा प्रविधिसँग सम्बन्धित धेरै विषयहरू समावेश भएकाले यहाँबाट ग्राहकहरूले नयाँ अनुभव लिनसक्ने छन् ।

साना तथा ठूला व्यवसाय र व्यक्तिगत प्रयोगकर्ताहरूको आवश्यकता पूरा गर्नका लागि निकै उपयोगी ब्रदर प्रिन्टर बजारमा निकै लोकप्रिय छन् । यी प्रिन्टरहरूको उपयोगितालाई लिएर विशेषज्ञहरूद्वारा प्रशिक्षणसमेत गरिराखिएको छ ।

एक्स्पो प्रत्येक दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुँदै आएको छ । यो कार्यक्रम प्रविधि, जीवनशैली र नेटवर्किङ अवसरहरू संयोजन हुने प्ल्याटफर्मको रूपमा विकास हुने सागर ग्रुपले जानकारी दिएको छ । नयाँ प्रविधिको प्रयोग र विकासका बारेमा जिज्ञासा राख्नेहरूका लागि यो एक्स्पो अवसरको रूपमा हेरिएको छ ।

वन कभर प्रालिका सीईओ चिरञ्जीवी अधिकारीले सागर ग्रुपको यो कामलाई प्रशंसा गरेका छन्। उनले भने, “सागर ग्रुपको ग्राहक केन्द्रित दृष्टिकोण वास्तवमै प्रशंसनीय छ। म उनीहरूलाई मुनाफाको केही अंश प्रविधि स्टार्टअपहरूलाई सहयोग गर्न र ग्रामीण क्षेत्रका विद्यार्थीहरूका लागि आईसीटी छात्रवृत्ति प्रदान गर्न विनम्र अनुरोध गर्दछु, जसले नवीनता र डिजिटल समावेशीकरणलाई प्रवर्द्धन गर्नेछ।”

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?