देशसञ्चार चौतारीको यसपटकको अंकका लागि हामीले अवकाशप्राप्त एआइजी राजेन्द्रबहादुर सिंहलाई निम्त्याएका छौँ जसले प्रहरी विधेयक, लगातार कमजोर हुँदै गइरहेको प्रहरी संगठन र प्रहरीलाई जहिल्यै दबाएर राख्न खोज्ने दलीय नेतृत्वबारे खुलेर कुराकानी गरेका छन्।
प्रहरीलाई कमजोर बनाउँदै जाँदा संविधान र गणतन्त्र पनि कमजोर हुँदै गएको टिप्पणी गरे। ‘एउटै मुद्दामा कोही एक घन्टामा छुट्ने, कोही ८५ दिन घुम्नुपर्ने, किन? प्रहरी निर्बलियो भएर!’ उनले देशसञ्चार चौतारीका क्रममा भने।
सिंह २०६३ सालपछि आइजिपी हुन पाएनन् र एआइजीबाटै पदबाट बाहिरिए। ‘आइजिपी हुन पाएँ भने प्रहरीलाई सरकारसँगै जनताप्रति उत्तरदायी बनाउँछु भन्ने सोच थियो,’ उनले भने।
प्रहरीले कसैको दासत्व स्वीकार गर्नुहुँदैन भन्ने आफ्नो सोच भएको र प्रहरीलाई सेनाको मातहत ल्याउने तयारी हुँदै गर्दा आफूले त्यसको विरोध गरेको उनले बताए।
माओवादीले दुनै आक्रमण गर्दा गृहमन्त्रीलाई बचाउन आफूलाई दोषी देखाइएको उनले बताए। प्रहरीलाई बलियो बनाउनु भनेको जनता बलियो बनाउनु भन्दै आए पनि आफूलाई राजावादीको आरोप लगाएर हटाइएको उनले बताए। ‘पुलिस बलियो हुनुपर्छ भन्दा मलाई हटाइयो,’ उनले भने।
दलीय नेतृत्व र प्रहरीकै नेतृत्वले प्रहरीलाई कमजोर बनाउँदै लगेको पूर्वएआइजी सिंहले बताए। डार्फर कान्डजस्ता घटनाले प्रहरी संगठनलाई एकदमै बदनाम गरिएको पनि उनले बताए।
२०६१ सालमा समग्र प्रहरी संगठनलाई सेनाको मातहत ल्याउने षड्यन्त्र रचिएको र आफूले तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई अनुरोध गरेरै उक्त कानुन अघि बढ्नबाट रोकिएको उनले जानकारी दिए।
अहिले ल्याउन लागिएको प्रहरी विधेयकले प्रहरी संगठनलाई झन् अकर्मण्य बनाउने उनले बताए। ‘प्रहरीलाई कमजोर बनाएर कसलाई फाइदा हुन्छ, मैले बुझेको छैन,’ उनले भने।
प्रहरी कानुनलाई आफूअनुकूल बनाउन प्रहरी अधिकारीहरू उमेर हद बढाउनेलगायतका ललीपपमा भुलिएको पनि उनले बताए। ‘सांसद्ज्यूहरुले पनि पार्टीभन्दा माथि उठेर यस्ता ऐन पास गरेर प्रहरी र देशलाई कमजोर बनाउने दिशामा नलाग्न म आग्रह गर्छु,’ उनले भने।
प्रहरी संगठनलाई निबर्लियो बनाउने कतिपय गतिविधिको विरोध गर्दा आफूलाई राजावादीको ट्याग लगाइएको उनले बताए। ‘मलाई राजावादीको ट्याग लगाइयो, अरू कतिपय गलत कानुन ल्याउन खोजेकाहरू पुरस्कृत भए,’ उनले भने।
पद जोगाउन र जागिर लम्ब्याउन प्रहरीका हाकिमहरू अन्यायबिरुद्ध बोल्नै नसक्ने पनि उनले बताए। ‘आशा र त्रासका कारण उहाँहरू बोल्न सक्नुहुन्न,’ उनले भने।
एआइजी सिंहसँग गरिएको कुराकानीको विस्तृत :