काठमाडौँ– सरकारले आन्दोलनरत स्वर्गद्वारी गुठीपीडितलाई वार्तामा बोलाएपछि स्वर्गद्वारी गुठीपीडितहरू छलफलमा छन्।
बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ‘स्वर्गद्वारी गुठीपीडित मोही किसान सङ्घर्ष समिति’ लाई वार्ताका लागि आह्वान गरेको थियो।
सरकारले वार्ताका लागि आह्वन गरेपछि स्वर्गद्वारी गुठीपीडित मोही किसान सङ्घर्ष समिति छलफलमा छ। साँझसम्म छलफल गरेर वार्ता समिति गठन गर्ने तयारी भएको संघर्ष समितिको सह–सचिव प्रविन दहित थारुले जानकारी दिए।
‘सरकारले वार्तामा बोलाएपछि मूल संघर्ष समितिको बैठक दाङमा बस्दै छ’, उनले भने ‘आजै साँझसम्म वार्तामा जाने भए कोको जाने भनेर टुङ्गो लाग्ने छ।’
स्वर्गद्वारी गुठीपीडितहरू माघ २० गतेदेखि काठमाडौँको माइतीघरमा आन्दोलनरत रहेका छन्। आन्दोलनरत गुठीपीडितसँग वार्ता गर्न सरकारले तीन सदस्यीय वार्ता समिति गठन गठन गरेको छ।
सरकारले गठन गरेको वार्ता समितिमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव मदन कोइराला, उपसचिव महेन्द्रप्रसाद साँखी र गुठी संस्थानका कानुन अधिकृत जनक पोखरेल रहेका छन्।
कोइराला वार्ता समितिको संयोजक हुन् भने अन्य दुई जना सदस्य रहेका छन्।

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































