वीरगन्ज – विवाह भएको १० महिनामै श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान्लाइ पाँच बर्षपछि सप्तरी प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा शम्भुनाथ नगरपालिका–२ बस्ने सन्तोष साह छन्। साहको विवाह २०७६ साल जेठ ६ गते गायत्रीकुमारी साहसित भएको थियोे।
विवाहपश्चात् नै श्रीमान् श्रीमतीबीच बिबाद हुँदै आएको थियोे।सोही क्रममा २०७६ साल चैत ६ गते राति साहले श्रीमतीलाई कुटपिट गरी गम्भीर अवस्थामा शम्भुनाथ नगरपालिका–२ ट्राफिक चोकदेखि चार सय मिटर पुर्ब महेन्द्र राजमार्गको छेउमा फालेका थिए। त्यसको भोलिपल्ट बिहान साहका आफन्तले गायत्रीलाई फेला पारी उपचारको लागि युनिक अस्पतालमा लगेकोमा सोही दिन मृत्यु भएको थियोे।
घटनापश्चात् फरार रहदै आएका उनलाई खोजतलाश गर्ने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सप्तरीका प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिए।पक्राउ परेका साहलाई अदालत बाट तीन दिनको म्याद थप गराइ अनुसन्धान भइरहेको उनले बताए।

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































