वीरगन्ज – बाराको कलैयास्थित सुधार केन्द्रमा भर्ना भएका एक युवकको शंकास्पद मृत्यु भएको छ। कलैया उपमहानगरपालिका– १ भवानीपुरस्थित नवजन्म सुधार केन्द्रमा वडा नम्बर ९ रामपुर निवासी धिरेन्द्र भनिने प्रदीपप्रसाद मण्डलको शंकास्पद अवस्थामा मृत्यु भएको हो।
सुधार केन्द्रमा भर्ना भएका मण्डलसित केन्द्रमै रहेका अन्य ब्यक्ति हरुसित बिहिवार राति बिबाद भएको थियोे।सो क्रममा मण्डलमाथि कुटपिट भएपछि उनी घाइते भएका थिए।घाइते उनको प्रादेशिक अस्पताल कलैयामा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
युवकका परिवारजनले पनि मण्डलको मृत्यु कुटपिटबाट नै भएको आरोप लगाएका छन्।माघ १७ गते छोरालाई सुधार केन्द्रमा भर्ना गरेकोमा शुक्रबार अचानक केन्द्रका दुई जना आएर कलैया अस्पतालमा लगेकोमा अस्पतालमा छोरा मृत अवस्थामा रहेको पाएको बुवा हिरालाल धानुकले बताए। उनले केन्द्रमा नै कुटपिटबाट आफ्नो छोराको मृत्यु भएकोले कारवाहीको माग गरे।
सुधार केन्द्रभित्रै शंकास्पद अवस्थामा मण्डलको मृत्यु भएपछि घटनाको बारेमा अनुसन्धानका लागि केन्द्रका संचालक सहित सातजनालाई प्रहरीले नियन्त्रणमा लिएको बाराका एसपी सन्तोष तामाङले जानकारी दिए।युवकको शव पोस्टमार्टमको लागि अस्पतालमा नै राखिएको तथा घटनाको बारेमा थप अनुसन्धान भइरहेको एसपी तामाङले बताए।

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































