रुपन्देहीबाट गाँजा र चरेससहित सात जना पक्राउ

रुपन्देहीबाट गाँजा र चरेससहित सात जना पक्राउ
+
-

लुम्बिनी- जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ठूलो परिणामको गाँजा र चरेससहित सातजना व्यक्तिलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही र लागु औषध नियन्त्रण ब्युरो भैरहवाबाट खटिएको संयुक्त टोलीले २० किलोग्राम चरेश र २१ किलोग्राम गाँजासहित त्यसमा संलग्न सात जनालाई पक्राउ गरेको हो ।

प्रहरीले रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४, वडा नम्बर ८ र तिलोत्तमा नगरपालिका वडा नम्बर १५ मा लागु औषध कारोबार हुँदैगरेको भन्ने गोप्य सूचनाका आधारमा लागु औषध र कारोबारमा सङ्लग्नलाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख रञ्जितसिंह राठोरले जानकारी दिए।

प्रहरीले धादिङ्ग गजुरी गाउँपालिका वडा नम्बर ८ बस्ने ३३ वर्षिय दीपक तामाङ, सोही स्थानका ३६ वर्षिय सुनबहादुर तामाङ, ३१ वर्षिय नक्कलबहादुर तामाङ, ४१ वर्षिय प्रेमलाल तामाङलाई पक्राउ गरेको छ ।

त्यसैगरी रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ आदर्शनगर बस्ने २५ वर्षिय जीवन मल्लाह, तिलोत्तमा नगरपालिका वडा नम्बर १४ बस्ने २३ वर्षिय २३ दीलिप केवट र स्याङ्जा गल्याङ्ग नगरपालिका वडा नम्बर १ बस्ने ३८ वर्षिय जीवनाथ पाण्डे रहेका छन् ।

प्रहरीले लागुऔषध कारोबारमा संलग्न उनीहरुको थप अनुसन्धान भइरहेको जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?