छायाँनाथराराको अब आफ्नै प्रशासनिक भवन

छायाँनाथराराको अब आफ्नै प्रशासनिक भवन
+
-

मुगु – छायाँनाथरारा नगरपालिकाको आफ्नै प्रशासनिक भवन निर्माण गरी सेवा शुरू गरेको छ।
रू ४ करोड रूपयाँ लागत रहेको यस प्रशासनिक भवन बाट जनतालाई सेवा दिदा अत्यन्तै सहज भएको नगर प्रमुख बिष्णु कुमार भामले बताए। बिगतमा भाडाको भवनबाट नागरिकलाई सेवा दिईदै आएकोमा हाल नगरपालिकाको आफ्नै नयाँ भवन बाट जनतालाई सेवा दिदा प्रशासनिक काममा सहजता भएको निमित्त प्रमुख प्रशासकिय अधिकृत पशुपति शाहीले जानकारी दिए।

नयाँ निर्माणाधिन भवनले नागरिकहरूलाई छिटोछरितो र ब्यबस्थित ढंग बाट सेवा दिन सहज भएको छ भने हरेक महिना भाडा तिर्नु पर्ने बाध्यता हटेको बताईएको छ। निबर्तमान नगर प्रमुख हरिजङ्ग शाहीको कार्यकालमा भवनको बोल पत्र आह्वान भई निर्माण कार्य अघि बढेको थियो।

जम्मा १६ ओटा कोठा रहेको ५ तले भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको र चौंथो तलाका कोठाहरूमा फिनिसिङ्को काम भैरहेको र अरू फिनिसिङ सकिएका कोठाहरू बाट दैनिक प्रशासनिक कार्य सम्पादन भैरहेको सब इन्निनियर कर्णराज भामले बताएका छन्। नगरवासीहरूले अबको सेवा अझ प्रभावकारी र गुणस्तरीय हुनेमा विश्वास व्यक्त गरेका छन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’