सुधार केन्द्रमा युवक हत्या प्रकरणः पीडित परिवारद्वारा सञ्चालकलाई पक्राउ माग गर्दै कलैयामा विरोध प्रदर्शन

सुधार केन्द्रमा युवक हत्या प्रकरणः पीडित परिवारद्वारा सञ्चालकलाई पक्राउ माग गर्दै कलैयामा विरोध प्रदर्शन
+
-

वीरगन्ज – बाराको कलैया उपमहानगरपालिका९१ स्थित सुधार केन्द्रमा कुटपिट गरि हत्या गरिएका युवक प्रदिप प्रसाद मण्डलका परिवार र स्थानीयले आइतबार कलैयामा बिरोध प्रदर्शन गरेका छन्।मृतक मण्डलका परिवारजन र स्थानीयले नव जन्म सुधार केन्द्रका संचालक साहेब मन्सुरलाई पक्राउ गरि कारवाहीको माग गर्दै बिरोध प्रदर्शन गरेका हुन।

उनीहरुले संचालकलाई पक्राउ गर,पीडितलाई न्याय दे,दोषी हत्यारालाइ फासी दे,पीडितलाई न्याय दे,थप सिसिटिभी फुटेज सार्बजनिक गर लगायतका नाराहरु लगाउदै बजार परिक्रमा गरेका थिए।बिरोध प्रदर्सनपछि जिल्ला प्रशासन कार्यालयमा पुगि पीडित परिवारले प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई ज्ञापन पत्रसमेत बुझाएका थिए।सुधार केन्द्रमा कुटपिट गरि हत्या गरिएको घटनामा प्रहरीले अभियुक्तहरुलाइ पक्राउ गरेको भएपनि केन्द्रका संचालक साहेब मन्सुरलाई पक्राउ नगरिएको भन्दै उनलाई पनि पक्राउ गर्नुपर्ने माग ज्ञापनपत्रमार्फत पीडित परिवारले गरेका थिए।पीडित परिवारसित कुराकानी गर्दै बाराका एसपी सन्तोष तामाङले अभियुक्तहरुलाइ पक्राउ गरि सकिएकोले उनीहरुलाई कानुन बमोजिम सजाय हुने बताए।

उनले केन्द्र भित्रै कुटपिट गरिएको सिसिटिभी लगायतका प्रमाणहरु बरामद गरि घटनाको अनुसन्धान सहज तरिकाले प्रहरीले गरिरहेको जिकिर गरे।सुधार केन्द्रका संचालक घटनास्थलमा घटनाको समयमा नभएको यद्यपि उनिसित सम्पर्क गर्ने कार्य भने भइरहेको एसपी तामाङले जानकारी दिए।गत बिहीबार राती सुधार केन्द्रमा भर्ना भएका कलैया उपमहानगरपालिका९९ रामपुर निवासी प्रदिप प्रसाद मण्डलको केन्द्र भित्रै केही ब्यक्तिहरुले कुटपिट गरि हत्या गरेका थिए।

हत्यामा संलग्न रहेको आरोपमा सातजनालाई बारा प्रहरीले तत्कालै पक्राउ गरि अनुसन्धान अघि बढाएको छ।पीडित परिवारसित भेट गर्दै बाराका जसपा नेपालका सांसद रामबाबु कुमार यादवले दोषीहरुलाइ कारवाहीको माग गर्दै सोमबार आफुले पनि प्रशासनलाई ज्ञापनपत्र बुझाउने जानकारी दिए।दोषीलाई कानुन बमोजिम सजाय हुनेमा ढुक्क रहन पनि पीडित परिवारसित उनले अनुरोध गरे।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’