
पोखरा – पोखरास्थित पश्चिमाञ्चल क्याम्पसमा इन्जिनियरिङ साहित्य सञ्जाल (इन्सास) , पोखराको आयोजनामा साहित्यिक, सांस्कृतिक तथा साङ्गितिक महामिलन ‘त्रिवेणी’ सम्पन्न भएको छ।
इन्जिनियरिङ अध्ययनरत विद्यार्थीलाई साहित्य, कला र संस्कृतिप्रति अभिप्रेरित गर्दै देशको साहित्य र संस्कृतिबारे जानकार गर्ने उद्देश्यले आयोजना गरिएको क्याम्पसले जनाएकाे छ।
इन्जिनियरिङ साहित्य सञ्जाल (इन्सास), पोखराका अध्यक्ष विजय अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा करिब ३,००० विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता थियो।
कार्यक्रमलाई अझै भव्य बनाउन गायक बसन्त थापाले प्रस्तुति दिएका थिए। कार्यक्रममा कवि,लेखक तथा साहित्यकारले विभिन्न विधाका उत्कृष्ट साहित्यिक कृतिहरू प्रस्तुत गरेका थिए।
कार्यक्रमको समापनमा अध्यक्ष विजय अधिकारीले विद्यार्थीबीच साहित्यिक तथा सांस्कृतिक चेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रमहरूको निरन्तरता आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा अझ वृहत् स्तरका कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे ।