सुधार केन्द्रमा युवक हत्या प्रकरण: पक्राउ परेका सात जना सार्वजनिक, संचालक फरार

सुधार केन्द्रमा युवक हत्या प्रकरण: पक्राउ परेका सात जना सार्वजनिक, संचालक फरार
+
-

वीरगञ्ज- बाराको कलैया उपमहानगरपालिका- १ स्थित सुधार केन्द्रमा कुटपिट गरी हत्या गरिएका युवक प्रदीपप्रसाद मण्डलको हत्यामा संलग्न सात जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

मण्डललाई कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिका वडा नम्बर- ३ बस्ने १९ वर्षीय सरफराज मन्सुर, २९ वर्षीय तमन्ना अली, वडा नम्बर-४ बस्ने २२ वर्षीय  निरज सरार्फ,बडा नम्बर- ६ बस्ने २० वर्षीय राहुल भन्ने महमद आशु मिया शेख,वडा नम्बर- १ बस्ने २४ वर्षीय  अरूण सरार्फ, १९ वर्षीय  सागर गुप्‍ता र वडा नम्बर- २ बस्ने २१ वर्षीय  प्रमेश्वर साह रहेका छन् ।

पक्राउ परेकाहरु केन्द्रमा उपचारको भर्ना भएका तथा त्यहाँ कार्यरत कर्मचारीहरु हुन् । गत शुक्रबार राति नवजन्म सुधार केन्द्रमा भर्ना भएका कलैया उपमहानगरपालिका- ९ रामपुर निवासी ३७ वर्षीय  मण्डलको पक्राउ परेका सातै जनाले कुटपिट गरी हत्या गरेका थिए ।

पक्राउ परेका सात जनासहित नौ जनामाथि हत्याको अभियोगमा किटानी जाहेरी परेको बाराका प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

सुधार केन्द्रका संचालक साहेब मन्सुरसहित दुई जना अझै फरार रहेका छन् । घटनामा संलग्न रही फरार रहेका दुई जनाको खोजी भइरहेको प्रहरी प्रबक्ता सापकोटाले बताए ।

माघ १५ गते केन्द्रमा भर्ना भएका मण्डलको हत्या गरिएपछि उनका परिवार र स्थानीयले सुधार केन्द्रका सन्चालक मन्सुरलाई पनि पक्राउ गर्न माग गर्दै आइतबार कलैयामा विरोध प्रदर्शन गर्नुका साथै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्रसमेत बुझाएका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?