उडिसामा नेपाली विद्यार्थी मृत फेला, छानबिन माग गर्ने नेपाली विद्यार्थीहरू कलेजबाट निष्काशित

उडिसामा नेपाली विद्यार्थी मृत फेला, छानबिन माग गर्ने नेपाली विद्यार्थीहरू कलेजबाट निष्काशित
+
-

काठमाडौँ – भारतको उडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)मा अध्ययनरत एक नेपाली विद्यार्थी मृत फेला परेकी छन्।

केआइआइटीमा बी–टेक तेस्रो वर्षमा अध्ययनरत प्रकृति लम्साल कलेजको होस्टेलमा मृत फेला परेकी हुन्।

कलेज प्रशासनले प्रकृतिले आत्महत्या गरेको दाबी गरे पनि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूले भने उनको मृत्यु शंकास्पद रहेको भन्दै अनुसन्धान गर्न माग गरेका छन्।

आन्दोलनरत नेपाली विद्यार्थीहरूलाई कलेजले निष्काशन गरेको छ। घटनाको विरोध गर्ने र छानबिन माग गर्ने नेपाली विद्यार्थीहरूलाई सुरक्षाकर्मीले दमन पनि गरेका छन्।

‘नेपाली विद्यार्थीहरूलाई कलेज छाड्न आदेश दिइएको छ,’ कलेजको विज्ञप्तिमा छ।

यता नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् सुमना श्रेष्ठले आफूलाई भारतमा निधन भएकी नेपाली विद्यार्थीको बारेमा बोल्न खोज्दा संसद्‌मा समय नपाएको भन्दै आपत्ति प्रकट गरेकी छन्।

पटकपटक बोल्न खोज्दा पनि समय नपाएपछि उनी संसद् बैठक बहिष्कार गरेर बाहिरिएकी थिइन्।

संसद् बैठक बहिष्कार गरेर निस्किएपछि उनले भारतको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा ज्यान गुमाएकी नेपाली विद्यार्थी प्रकृति लम्साल र त्यहाँबाट निकालिएका नेपाली विद्यार्थीको बारे बोल्न खोज्दा समय नपाएको भन्दै आपत्ति प्रकट गरेकी हुन्।

उनले सामाजिक सञ्जालमा भनेकी छन् – ‘यो विषय आकस्मिक समयमा उठाउन आवश्यक ठान्नु भएन सभामुखले। बरू प्रधानमन्त्रीलाई कस्तो प्रश्न सोध्ने भन्ने विषय बढी महत्त्वपूर्ण ठान्नुभयो।’

सांसद् श्रेष्ठले नेपाली विद्यार्थीहरूलाई अप्ठ्यारो अवस्थामा संयमित हुन पनि आग्रह गरेकी छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष