प्रकृति लम्सालको मृत्यु सम्बन्धमा भारत सरकारसँग सम्पर्क भइरहेको छः नेपाली दूतावास

प्रकृति लम्सालको मृत्यु सम्बन्धमा भारत सरकारसँग सम्पर्क भइरहेको छः नेपाली दूतावास
+
-

काठमाडौँ – भारतस्थित नेपाली राजदूतावासले उडिसाको कालिङ्गा इन्स्टिच्युट अफ  इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)मा नेपाली विद्यार्थी प्रकृति लम्साल मृत भेटिएको घटनाबारे भारत सरकारसँग सम्पर्क भइरहेको जनाएको छ।

दूतावासले सोमबार विज्ञप्ति जारी गर्दै उक्त घटनाबारे नेपाली विद्यार्थीलगायत भारतको केन्द्रीय सरकार एवं उडिसाको मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित भारतीय निकायहरुसँग निरन्तर सम्पर्क गरिरहेको जनाएको हो।

साथै उक्त विश्वविद्यालयले प्रकृति लम्सालको मृत्युको घटनालाई गम्भीरतापूर्वक लिने प्रतिबद्धता जनाएको दूतावासले जानकारी दिएको छ।

‘यस राजदूतावासले उक्त शैक्षिक संस्थाकी विद्यार्थी स्व. प्रकृति लम्सालको मृत्युको सम्बन्धमा स्वतन्त्र एवं निष्पक्ष तवरले अनुसन्धान हुन जोड दिएकोमा सो शैक्षिक संस्थाले उक्त विषयलाई गम्भीरतापूर्वक लिने प्रतिबद्धता व्यक्त गरेको छ,’ दूतावासले भनेको छ।

साथै विश्वविद्यालयले विद्यार्थीहरुलाई छात्रावासमा बस्ने व्यवस्था मिलाइ नेपाली विद्यार्थीहरुको लागि कक्षा सञ्चालनको व्यवस्था गर्ने जानकारी गराएको दूतावासको भनाइ छ। विश्वविद्यालयका रजिस्ट्रारलगायतका प्रतिनिधिहरुसँग दूतावासले छलफल गरेको पनि विज्ञप्तिमार्फत जानकारी गराइएको छ।

‘उक्त शैक्षिक संस्थामा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई छात्रावासबाट निकालिएको सूचना प्राप्त हुनासाथ यस राजदूतावासले उक्त शैक्षिक संस्थाका रजिस्ट्रारलगायतका प्रतिनिधिहरुसंग छलफल गरेको थियो। उक्त छलफलमा यस राजदूतावासले सो शैक्षिक संस्थामा रहेका नेपाली विद्यार्थीहरुको सुरक्षा सुनिश्चित गर्दै शैक्षिक संस्थाको छात्रावासमा नै बस्ने प्रबन्ध मिलाउन अनुरोध गरेको थियो।

त्यसैगरी, उक्त शैक्षिक संस्थामा रहेका नेपाली विद्यार्थीहरुको कक्षा संचालनका लागि आवश्यक व्यवस्था मिलाउन समेत अनुरोध गरिएको थियो। यस राजदूतावासबाट अनुरोध भएबमोजिम उक्त शैक्षिक संस्थाले सोहीअनुसार विद्यार्थीहरुलाई छात्रावासमा बस्ने व्यवस्था मिलाई नेपाली विद्यार्थीहरुको लागि कक्षा संचालनको व्यवस्था गर्ने जानकारी यस राजदूतावासलाई गराएको छ,’ दूतावासले भनेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष