कुलमानप्रति उर्जामन्त्री रुष्ट, संसद्‌मै भने– ‘कुलमानले सरकारलाई टेर्नु हुन्न’

कुलमानप्रति उर्जामन्त्री रुष्ट, संसद्‌मै भने– ‘कुलमानले सरकारलाई टेर्नु हुन्न’
+
-

कामाठडौँ– ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रति रोष प्रकट गरेका छन्।

मंगलबारको संसद् बैठकमा समय माग गर्दै सम्बोधन गरेका उनी कुलमानप्रति रुष्ट देखिँदै रोष प्रकट गरेका हुन्। मन्त्री खड्काले घिसिङले सरकारलाई टेर्दै नटेरको पनि जानकारी गराएका छन्।

‘उहाँ (कुलमान)ले केही राम्रा काम गर्नुभयो होला। त्यसका लागि उहाँलाई के दिनुपर्छ दिउँला। तर सञ्चालक समितिक निर्णय गर्छ। उहाँ कार्यान्वयन गर्नुहुन्न। सरकारलाई टेर्नुहुन्न’, खड्काले भने।

खड्काले घिसिङकै कारण नेपालको लोडसेडिङ अन्त्य भएको पनि बताए। ‘भारतबाट विद्युत ल्याएर लोडसेडिङ अन्त्य गरिएको छ। भारतबाट विद्युत ल्याउन ट्रान्समिसन लाइन बनाउने काम के कुलमानका कारण भएको हो? पूर्वमन्त्रीहरूले पनि जान्नुहुन्छ’, खड्काले भने।

घिसिङ एउटा कर्मचारी भएर यत्रो प्रश्न गर्दै उड्ने पनि भने। ‘सञ्चालक समिति निर्णय गर्छ। उहाँ कार्यान्वयन गर्नुहुन्न। सरकारलाई टेर्नुहुन्न। १०० प्रतिशत लगानी सरकारको छ। भाषण गर्दै हिड्नुहुन्छ कर्मचारी। यस्ता अराजक गतिविधिलाई सरकारले सधैं हेरेर बस्दैन। लगामत लगाउनुपर्छ’, खड्काले भने।

उनले एउटा कर्मचारिका विषयमा सरकारमाथि धेरै प्रश्न नउठाउन पनि सांसदहरूलाई आग्रह गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?