काठमाडौँ- रक गायिका तथा कम्पोजर अभया सुब्बाले देशसञ्चार चौतारीको यस अंकमा आफ्नो संघर्ष, यात्रा र सपनाबारे खुलेर कुरा गरेकी छन्।
आफ्नो परिवार नै संगीतकर्ममा लागेको उल्लेख गर्दै सानै उमेरदेखि बुवाका संगीतका थुप्रै ज्ञानहरू पाएको बताइन्।
नेपालमा रकगायनको क्रेज तुलनात्मक रूपमा कम भए पनि अभयाले कयौँ वर्षदेखि ‘अभया सुब्बा एन्ड द स्टिम इन्जिन्स’ नामको ब्यान्ड नै चलाइरहेकी छन्।
यत्रो वर्षसम्म ब्यान्ड धर्मरायो कि धर्मराएन भन्ने प्रश्नमा अभयाले हाँस्दै भनिन्- ‘किन नधर्मराउनु? हरेक क्षण धर्मराउँछ मेराे ब्यान्ड। पैसा हुँदैन अनि बन्द हुन खोज्छ।’
रक गायनको क्रेज कम भए पनि उनी कुने समयमा यो फेरि रिभाइभ हुनसक्ने आशा राख्छिन्।
एउटा महिलाका रूपमा संगीतको दुनियाँमा संघर्ष गर्न धेरै गाह्रो भएको बताउँछिन् अभया। ‘म तीतो मान्छे होइन तर कहिलेकाहिँ मभित्रको कोमलता लुकिदिन्छ,’ उनले देशसञ्चार चौतारीका क्रममा भनिन्।
केटीमान्छेले सीमाना कोर्नेबित्तिकै पुरुष मानसिकताले ‘एटिट्यूड’का रूपमा बुझ्ने अभया सुब्बा बताउँछिन्।
संगीतयात्रामा संघर्षका क्रममा ‘डर्टी’ बोल्ने मान्छे धेरै भेटिने र त्यो सबै कुराले आफूलाई कडा बताएको पनि अभयाले बताइन्।
आफ्नो महिला रूपमा संसारको कडापनामा भित्रै दबिएको पनि उनले बताइन्।
समाजमा धेरै मानिसहरूसँग ‘डिल’ गर्दागर्दा आफू कडा रूपमा प्रस्तुत हुनुपर्ने बाध्यता पनि उनले देखाइन्।
आफूलाई गायिकाका रूपमा सबैले चिन्ने भए पनि आफू राम्रो कम्पोजर पनि भएको तर उक्त गुण कसैले नचिनेको पनि उनी बताउँछन्।
आफूलाई कसैले ब्रेक दिएको नभई आफैँ आफ्नो बाटो बनाएको पनि उनी बताउँछिन्।
बीचमा केही समय संगीतबाट बाहिरिए पनि आफ्नो श्रीमान्ले आफूलाई फेरि गायनयात्रामा फर्कन प्रेरणा दिएको भन्दै उनले कुराकानीका क्रममा श्रीमानप्रति पटकपटक कृतज्ञता पनि व्यक्त गरिन्।
पछिल्लो समयमा भाइरल गीतको जमाना रहेको र मिलियन भ्यूका लागि प्रेसर हुने पनि उनले बताइन्। ‘हाम्रो नयाँ सिर्जनाहरूमा पनि भ्यूको लागि प्रेसर हुन्छ,’ उनले भनिन्।
कन्सर्टबिना गायकगायिका बाँच्न नसक्ने उल्लेख गर्दै अभयाले तर आयोजकहरूले एउटा गायकगायिकालाई भाइरल बनाउने तर केही वर्षपछि चटक्कै बिर्सिदिने बताइन्। ‘अहिले विपुल क्षेत्री कहाँ हराए?’ उनले भने।
आफूले सुरुमा अरूकै ब्यान्डमा काम गरेको तर आफ्नै गीत र योगदानका लागि ‘अभया सुब्बा एन्ड द स्टिम इन्जिन्स्’ ब्यान्ड बनाएको अभयाले देशसञ्चार चौतारीका क्रममा भनिन्।
उनले आफूलाई बच्चु कैलाशको गायनको मेलोडी एकदमै मन पर्ने बताउँदै उनलाई भेट्न मन लागेको पनि बताइन्।
विस्तृत अन्तर्वार्ता:

भर्खरै
लोकप्रिय






































































































































































































