सुदूरपश्चिम प्रदेशका एक लाख ४३ हजारभन्दा बढीलाई लगाइयो एचपिभी खोप

सुदूरपश्चिम प्रदेशका एक लाख ४३ हजारभन्दा बढीलाई लगाइयो एचपिभी खोप
+
-

कञ्चनपुर- सुदूरपश्चिम प्रदेशका एक लाख ४३ हजार चार सय ८९ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइएको छ ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दीपायल, डोटीका सूचना अधिकारी धर्मानन्द गिरीका अनुसार यो निर्धारित लक्ष्यको ९५ प्रतिशत हो ।

निर्देशनालयले प्रदेशका नौ वटै जिल्लाका एक लाख ५१ हजार ५९ जना किशोरीलाई खोप लगाउने लक्ष्य लिएको छ ।

सूचना अधिकारी गिरीका अनुसार कैलालीका ४५ हजार ८८८, कञ्चनपुरका २५ हजार ८४०, डोटीका ११ हजार ३८८, अछामका १३ हजार ८९७ र डोटीका ११ हजार ३८८ जना किशोरीहरुलाई खोप लगाइएको छ ।

यसैगरी, डडेलधुराका छ हजार ९४९, बझाङका ११ हजार ८९७, बाजुराका सात हजार ६४९, बैतडीका १२ हजार ८२८ र दार्चुलाका सात हजार १५३ किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइएको छ ।

गत माघ २२ गतेदेखि देशव्यापी रुपमा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सञ्चालन गरिएको हो । अभियान यही फागुन ७ गतेसम्म जारी रहने बताइएको छ ।

अभियानका क्रममा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययन गर्ने छात्राहरुलाई पाठेघरको क्यान्सरविरुद्धको खोप लगाइएको छ भने विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि खोप लगाइएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?