दीर्घ रोगीको हेरचाह प्रभावकारी बनाउनेबारे अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु

दीर्घ रोगीको हेरचाह प्रभावकारी बनाउनेबारे अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु
+
-

काठमाडौँ- दीर्घ रोग लागेका बिरामीहरूका लागि जीवनको अन्तिम समयसम्म पनि गरिने हेरचाह र स्याहार-सुसार प्रभावकारी बनाउने बारेमा काठमाडौँमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।

सम्मेलनमा क्यानसर, एचआईभी एड्सलगायतका दीर्घ रोगबाट प्रभावित ज्येष्ठ नागरिक तथा अन्य उमेर समूहका व्यक्तिका लागि गरिने स्याहार अर्थात् प्रशामक सेवाका लागि नेपाल र अन्तर्राष्ट्रियस्तरमा गरिएका अभ्यासको समीक्षा तथा नेपाल सरकारले आगामी दिनमा चाल्नुपर्ने कदमका बारेमा सरोकारवाला निकाय र विज्ञका बीचमा छलफल हुँदैछ ।

‘कोही पछि नपरोस्‌’ भन्ने नारासहित आईएनएफ नेपालको आयोजनामा हिजोदेखि सुरु भएको ग्रामीण नेपालको प्रशामक हेरचाह विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल, मन्त्रालय मातहका विभागका प्रमुख, विश्व स्वास्थ्य सङ्गठनका पदाधिकारीलगायतको सहभागिता रहने आईएनएफ नेपालका स्वास्थ्य तथा अस्पताल परियोजना व्यवस्थापक विष्णु गिरीले जानकारी दिए ।

उनका अनुसार आईएनएफले ‘सुनिना परियोजना’ मार्फन लम्जुङ, सुर्खेत र रुकुम पश्चिममा तीन वर्षसम्म गरेको प्रशामक सेवाको असल अभ्यास, अनुसन्धानको नतिजाका बारेमा पनि दुई दिने सम्मेलनमा छलफल गरिनेछ ।

सम्मेलन भौतिक र भर्चुअल दुवै स्वरूपमा चलिरहेको छ ।
यो सम्मेलनले ग्रामीण नेपालमा प्राथमिक प्रशामक हेरचाहको विकास, यसको चुनौतीहरू र उपलब्धिहरूलाई उजागर गर्नुका साथै सुनिता परियोजनाको सिकाइ र सफलतालाई उत्सवको रूपमा मनाउने उद्देश्य राखेको व्यवस्थापक गिरीले बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?