प्रकृति मृत्यु प्रकरणः नेपाल फर्किएका विद्यार्थी भन्छन्, ‘हामी त्रासमा छौँ, कसरी कलेज फर्किने?’

प्रकृति मृत्यु प्रकरणः नेपाल फर्किएका विद्यार्थी भन्छन्, ‘हामी त्रासमा छौँ, कसरी कलेज फर्किने?’
+
-

काठमाडौँ – भारतको उडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआइआइटी)बाट नेपाल फर्किएका विद्यार्थीले फेरि आफूहरू कलेजमा फर्किन सक्ने अवस्थामा नरहेको बताएका छन्।

नेपाल फर्किएर कलेजमा भएको घटनाबारे जानकारी दिन शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर उनीहरूले फेरि कलेज फर्किने अवस्था नहरेको बताएका हुन्।

फागुन ४ गते बुटवलकी प्रकृति लम्साल केआइआइटीमा मृत फेला परेकी थिइन्। त्यसपछि लम्सालको न्यायका लागि आन्दोलन गरेका नेपाली विद्यार्थीलाई कुटपिट गर्दै कलेजले निकालेको थियो।

कलेजबाट निकालिएपछि विद्यार्थी स्वदेश फर्किरहेका छन्। स्वदेश फर्किएर पत्रकार सम्मेलन गर्दै विद्यार्थीहरूले आफूहरूलाई कुकुरलाई जसरी कुटिएको गुनासो गरे।

परिचय लुकाएर आफ्नो पीडा सुनाएका एक विद्यार्थीले हाेस्टेलबाट निकाल्दा कलेजले बाहिरबाट मान्छे लिएर कुटपिट गरेको बताए।

‘घटना भएको अर्को दिन हामीले प्रकृतिको न्यायका लागि आन्दोलन गर्यौँ।त्यसपछि हामीलाई निकालियो। निकाल्दा बाहिरबाट मान्छे लिएर कुटपिट गरियो। त्यसरी त कुकुरलाई पनि कुटिँदैन’, ती विद्यार्थीले भने।

उनले कलेजले कुरा मिलेको भन्दै फेरि फर्कन आग्रह गरे पनि जान नसक्ने अवस्थामा रहेको बताए। ‘कुटिएका हामीहरू यहाँ छौँ। त्यहाँ कुरा मिल्यो रे ! कसरी मिल्यो?’ उनले प्रश्न गर्दै भने, ‘कुरा मिले पनि फेरि हामीमाथि कुटपिट नहोला भन्ने के छ आधार?’

यस्तै अर्का विद्यार्थीले आफूलाई कलेजले बलिबिल्डर लिएर, गुण्डा लिएर कुटपिट गरेको बताए। ‘होस्टेलबाट निस्कन सूचना आएपछि म सरासर निस्कँदै थिएँ तर बाहिरबाट गुण्डा, बडिबिल्डर ल्याएर कुटियो। अहिले पनि घाँटी दुखिरहेको छ’, उनले भने।

उनले आफूहरूलाई कुटपिट गर्ने कलेजकै ३०–४० जना रहेको बताए। तर, कलेजले ५ जनालाई मात्र कारबाही गरेको भन्दै अरूलाई पनि कारबाहीका लागि उनले माग गरे।

साथै, विद्यार्थीहरूले पढ्ने वातावरण बनाइदिन सरकारसँग आग्रह गरेका छन्। ‘अहिले मिलेको कुराले मात्र हामी कलेज फर्किने अवस्था छैन’, उनले भने, ‘हाम्रो सुरक्षाको ग्यारेन्टी गरेर फर्किने वातावरण बनाइयोस्।’

काठमाडौँ फर्किएका विद्यार्थीसँग हामी नेपाल संस्थाले अहिले समन्वय गरिरहेको छ। नेपाल फर्किएका उनीहरू मानसिक रूपमा निकै कमजोर अवस्थामा रहेको र मनोपरामर्श आफूहरूले गरिरहेको हामी नेपाल संस्थाकी प्रतिनिधि जेनित मुक्तानले बताइन्।

हामी नेपाल संस्थाले १५–२० जना विद्यार्थीलाई टिकेट कटाएर नेपाल ल्याएको समेत मुक्तानको भनाइ छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?