स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानका उपाय खोज्न चिकित्सक सम्मेलन सुरु

स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानका उपाय खोज्न चिकित्सक सम्मेलन सुरु
+
-

महेन्द्रनगर (धनुषा)- स्वास्थ्य क्षेत्रमा देखिएका समस्याको समाधान गर्ने उद्देश्यलेआयोजित चिकित्सकको राष्ट्रिय सम्मेलन शनिवारदेखि जनकपुरधाममा सुरु भएको छ ।

विशेषज्ञ चिकित्सकहरूको छाता सङ्गठन सिमोनद्वारा आयोजित सो सम्मेलनको वरिष्ठ चिकित्सक डा अशोकानन्द मिश्रले उद्घाटन गरे ।

सिमोनको आयोजना र मधेस प्रदेश च्याप्टरको स्थानीय सहयोगमा दुई दिने सम्मेलन सुरु भएको हो । यो सम्मेलनले चिकित्सकहरुको ज्ञान र क्षमता अभिवृद्धि गर्ने रहेको बताइएको छ ।

सम्मेलनमा देशभरका विशेषज्ञ फिजिसियन चिकित्सक सहभागी रहेकोे सम्मेलनमा ५० कार्यपत्र र १५ वटा शोधपत्र प्रस्तुत हुनेछन् । पहिलो पटक जनकपुरधाममा आयोजना भएको सम्मेलनमा भाग लिनका लागि करिब चार सयभन्दा बढी चिकित्सकको उपस्थिति रहेको छ ।

सम्मेलनमा नेपाल भरिका चिकित्सकले तयार गरेको शोधपत्र र नयाँ अनुसन्धानको प्रस्तुतीकरण हुने तथा यसले चिकित्सकको ज्ञानमा अभिवृद्धि हुने विश्वास व्यक्त गरिएको छ ।

सिमोनको छैटौँ राष्ट्रिय सम्मेलनले चिकित्सकको बीचमा विचार विनिमयको अवसर सिर्जना गर्ने र चिकित्सकीय अनुसन्धानमा नयाँ सोच ल्याउने जनाइएको छ ।

सिमोनका मधेस प्रदेश च्याप्टरका सचिव रमण मिश्रले स्वास्थ्य उपचारका क्षेत्रमा चिकित्सकको आपसी सहयोग र समन्वय हुने उदेश्यका साथ यो कार्यक्रम गरिएको बताए।

यसअघि नेपालका विभिन्न भागमा यस संस्थाले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या निराकरण गर्न विभिन्न कार्यक्रम गर्दै आएको सिमोनका मधेस प्रदेश च्याप्टरका अध्यक्ष चिकित्सक कूलदीप पण्डितले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?