
काठमाडौँ- ताप्लेजुङमा सम्पदा मासेर केबलकार बनाउन लागिएको भन्दै गरिएको आन्दोलनले हिंसाको रुप लिएको छ।
शनिवार आन्दोलनकारीहरूले प्रहरीमाथि राँकोको ज्वाला फ्याँक्दै निर्धात कुटपिट गर्दै लखेटेका छन्। उक्त घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बन्न पुगेको छ।
प्रहरीनै असुरक्षित बनेपछि ताप्लेजुङ सुरक्षा व्यवस्था अप्ठ्यारो स्थितिमा पुगेको छ।
शनिवार साँझ ताप्लेजुङका बिरेन्द्र चोकमा मसाल जुलुस निकाल्न खोज्दा भीषण दोहोरो भिडन्त भएको हो ।
भिडन्तमा परी धेरै प्रहरी घाइते भएको अनुमान गरिएको छ। प्रदर्शनकारीहरूले लाठीसहित प्रदर्शन गरेका छन् ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ।