
काठमाडौँ– ललितपुर महानगरपालिकाले लगनखेल क्षेत्रमा डोजर चलाएको छ। आइतबार बिहान न्हु पोखरी संरक्षणका लागि महानगरले पोखरी अगाडिका घरटहरामा डोजर चलाएको हो।
ऐहासिक सम्पदा न्हु पोखरी संरक्षण र विस्तारका लागि घरटहराहरू भत्काउनु परेको महानगरले जनाएको छ। ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले पोखरी क्षेत्रमा बनेका भौतिक संरचना भत्काएर हरियाली पार्क निर्माण गर्ने बताए।
नुखु पुखु क्षेत्रलाई सुन्दर बनाउने अभियानमा महानगरपालिका लागेको उनको भनाइ छ। ‘यो नुःखु पुखुः लाई ब्युटीफाइ गर्ने, ग्रिनरी इन्हान्स गर्छौैं । ग्रिन एण्ड ब्ल्युको फ्युजन प्रोजेक्ट हो ग्रिन भनेपछि हरियाली र ब्ल्यू भनेपछि पानी हुन्छ। हरियालीमा पानीको समिस्रन स्टेट अफ आर्टको पार्क हुन्छ यो’, उनले भने।