डोजरले खसालेको ढुङ्गा लागेर छोराको मृत्यु, आमा घाइते

डोजरले खसालेको ढुङ्गा लागेर छोराको मृत्यु, आमा घाइते
+
-

मुगु– मुगुमा सडक निर्माणका क्रममा डोजरले खसालेको ढुङ्गा लागेर छोराको मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छन्।

मृत्यु हुनेमा सोरु गाउँपालिका– १०, धैन गाउँ निवासी १० वर्षीय बालक लोकजङ्ग नेपाली रहेका छन्। उनकी आमा कल्पना नेपाली गम्भीर घाइते भएको स्थानीय आशिष देवकोटाले जानकारी दिए।

कल्पनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भने थप उपचारका लागि जिल्ला अस्पताल, मुगु लैजाने तयारी भइरहेको छ।

घटना आइतबार साँझ ६ बजे तिर भएको हो। हुम्लाबाट घरायसी काम सकेर फर्किंदै गर्दा गाउँ नजिकै सडक खन्दै गरेको डोजरले खरालेको ढुङ्गाले लागेर लोकजङ्गको घटनास्थलमै मृत्यु भएको थियो।

कर्णाली प्रदेश सरकारको लगानीमा दोमुख – गमगढी – नाक्चेलाग्ना सडक अन्तर्गत सोरु गाउँपालिका-१० बजुरेदेखि दोमुखसम्म ठेकेदार कम्पनीले ट्रयाक खोल्ने काम गरिरहेको थियो।

स्थानीयवासीले सडक निर्माणका क्रममा ठेकेदार पक्षले सुरक्षा मापदण्ड नअपनाएको र लापरबाही गरेको आरोप लगाएका छन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’