यो सरकार अप्राकृतिक र अलोकतान्त्रिक छ: प्रचण्ड

यो सरकार अप्राकृतिक र अलोकतान्त्रिक छ: प्रचण्ड
+
-

झापा – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार अप्राकृतिक र अलोकतान्त्रिक भएको बताएका छन्।

जनतासँग माओवादीः तराई-मधेश जागरण अभियानको झापाको कचनकवलमा उद्घाटन गर्दै मध्यरातमा सहमति गर्दै अप्राकृतिक तरिकाले गठन भएकाले यो सरकार अप्राकृतिक भएको बताए।

संसारको कुनै पनि देशमा संसदमा पहिलो र दोस्रो दल मिलेर सरकार नबनेकाले यो सरकार अलोकतान्त्रिक र अप्राकृतिक भएको उनको दाबी थियो।

उनले भने, ‘जब अपराधमा मुछिएकाहरू धमाधम पक्राउ पर्न थाले, अनि बिचौलिया तथा दलालहरूले रातारात सरकार परिवर्तनको नाटक मञ्चन गरे।’

उनले माओवादी केन्द्र अहिले नै सरकार परिवर्तनको खेलमा नलाग्ने बताए। तराई मधेश जागरण अभियानले माओवादी केन्द्रको पक्षमा जनमत तयार गर्ने प्रचण्डको दाबी थियो।

नेकपा माओवादी केन्द्रको तराई मधेश जागरण अभियान सोमबार झापाबाट सुरु भएको हो। पार्टी अध्यक्ष प्रचण्डले उक्त अभियान झापाको कचनकवलबाट सुरु गरेका हुन्।

प्रतिगमनको खतराविरूद्ध खबरदारी गर्दै संविधान रक्षा, सुशासन, सामाजिक न्याय र समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको आधार तयार गर्नका लागि अभियान सञ्चालन गरिएको माओवादी केन्द्रले जनाएको छ।

दलाल, विचौलिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारी प्रवृत्तिको विरोध र भण्डाफोर गर्न, अध्यादेशमार्फत् राज्य सञ्चालन गर्ने र देशलाई दुईदलीय तानाशाहीतर्फ लैजान खोज्ने सरकारको निरङ्कुश प्रवृत्तिको विरोध गर्दै भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीका समस्या तत्काल समाधानका लागि दबाब दिनलगायत अन्य धेरै विषयलाई सम्बोधन गर्नका लागि दबाब दिने उद्धेश्यले अभियान सञ्चालन गरिएको माओवादी केन्द्रका नेताहरूले बताएका छन्।

कार्यक्रममा नेताहरू अग्नि सापकोटा, पम्फा भुसाल, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, बर्षमान पुन, जनार्दन शर्मा, हरिबोल गजुरेल, शक्ति बस्नेतलगायतले सम्बोधन गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?