
वीरगञ्ज – पौने दुई किलो लागुऔषध अफिमसहित बाराबाट एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बा ६३ प ८२६२ नम्बरको मोटरसाइकल चालक मकवानपुर कैलाश गाउँपालिका-६ पकनी बस्ने २१ वर्षका रविन्द्र मोक्तान रहेका छन्।
जितपुर सिमरा उपमहानगरपालिका-२१ अमलेखगंजमा चेकजाँच गर्ने क्रममा मोक्तानले चलाएको मोटरसाइकलको सिटमुनि लुकाएर राखिएको पौने दुई किलो अफिम प्रहरीले बरामद गरेको हो।
बरामद अफिमसहित पक्राउ परेका मोक्तानलाई लागुऔषध मुद्दामा अदालतबाट १० दिनको म्याद थप गराइ अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक दिलिप थापाले जानकारी दिए।