
काठमाडौं- प्रहरीले करिब ४ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ जनालाई पक्राउ गरेको छ।
फ्लाई दुबईको एफजेएड ५७५ उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा तीन महिला र एक पुरुष रहेका छन्। उनीहरू विदेशी नागरिक रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको विमानस्थल प्रहरी प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।
पक्राउ परेका सबै उज्बेकिस्तानका नागरिक रहेको खुलोको छ। राहदानीमा भएको विवरण अनुसार पक्राउ पर्नेमा अखमदजनोभ्ना डिल्फुजा मारिफालिब, इस्राइलोभ्ना साओदत फैजिवा, गुलामनोभन उमिदा अखमेदोभ र सरदार तुर्सुनोभ छन्। जसमध्ये तुर्सुनोभ पुरुष हुन् भने बाँकी सबै महिला हुन्।