हस्पिटलको बेडबाट धेरै कुरा सिक्न पाएँ

हस्पिटलको बेडबाट धेरै कुरा सिक्न पाएँ
+
-

मेरो जीवनका तीन घुम्तीहरु छन्। जहाँसम्म मलाई सम्झना छ, एउटा त फिल्म इन्डष्ट्रि। जहाँ मैले कसैलाई चिन्याथिनँ। जहाँ मेरो केही पृष्ठभूमि पनि थिएन। नयाँ ठाउँ, नयाँ वातावारणमा गएर त्यहाँ संघर्ष गर्नु त्यो मेरा लागि नयाँ मोड थियो।
दोस्रो मोड, जब मलाई क्यान्सर भयो त्यो पनि एकदमै नयाँ वातावरण थियो। मलाई थाहा थिएन बाँच्छु, मर्छु, के हुन्छ भनेर। त्यो दोस्रो घुम्ती भयो।

तेस्रो मलाई लाग्छ, अहिले म ५४ वर्षको छु। मेरो कोशिस के छ भने नौलो जिन्दगी हुनेछ। मसँग यत्रो वर्षको भोगाइ, पीडा र दुःखसुखको एउटा अनुभव छ। त्यसलाई लिएर अब अगाडि कसरी बढ्ने? भनेर अहिले तेस्रो घुम्तीमा छु।

म जहिले जवान थिए, मसँग असाध्यै उर्जा थियो। त्यसैको प्रभावले कहिले निकै उचाईमा पुगेँ खस्दा पनि छर्लङ्गै नै खसेँ।
क्यान्सले ग्रसित हुनु त्यो मेरो जीवनको एउटा महत्वपूर्ण समय थियो। त्यसैले जहिल्यै पनि सम्झन चाहन्छु। जीवन भएपछि मृत्यु हुन्छ, हुन्छ, हुन्छ। र त्यतिखेर म मृत्युको बोधले या भयले घेरिएको थिएँ। एक्लोपनले गिँजोलेको थियो। मृत्यु, मलाई लाग्छ हामी सबैको एक न एक दिन सत्य हुन्छ। कसैको छिटो, कसैको ढिला। तर, हामीले एक दिन भोग्नु नै पर्छ। त्यसपछि मलाई लाग्यो कि मैले बाँच्न पाएँ भने कस्तो जीवन बाँच्ने भनेर मैले त्यतिखेर नै सोंचेको थिएँ कि ल यस्तो यस्तो यस्तो गर्छु भनेर। बाँच्न पाए अहिले त्यही बाटोमा हिँडेर म हिँडिरहेको हुन्छु।

क्यान्सरको उपचार गर्नलाई हस्पिटलमा बस्दा आशावादी त म थिइनँ। म निराश थिएँ। लाग्यो कि मलाई यही मेरो जीवनको अन्तिम क्षण हो। अन्तिम दिनहरु हो।

असाध्यै हिनताबोध के भइरहेको थियो भने मैले जीवन पाएँ तर, त्यसको भरपूर उपयोग गर्न सकिनँ। त्यसको दुरुपयोग गरेँ। म क्यान्सरले ग्रसित हुँदा ४१ वर्षको थिएँ। मैले ४१ वर्षसम्म बाँच्न पाएको थिएँ, उपयोग आफैंले बाँच्न गरेँ भनेर असाध्यै हिनताबोध भएको थियो।

हस्पिटलको बेडबाट धेरै कुरा सिक्न पाएँ त्यतिखेर। आफन्त को हो भनेर? आफन्त देखिने भनेको को रहेछ? जीवनमा के महत्वपूर्ण रहेछ? के संवेदनशील छ? के संवेदनशील छैन भनेर?

क्यान्सर हुनुभन्दा पहिले मलाई लाग्थ्यो, ‘जीवन अनन्त छ मेरो अन्त छैन भनेर। अंहकार जस्तो थियो।’ हामीले आफ्नो मृत्युको बारेमा सोचेकै हुँदैनौँ। अब त कहिले मर्ने थाहा भएन। मर्ने त निश्चित छ भनेर धेरै कुरा मनमा आयो। एक्लोपन असाध्यै भयो। डर असाध्यै लाग्यो। बाँच्छु, जिउँछु? कतिसम्म बाँच्छु र कहिलेसम्म कुन हालतमा बाँच्छु? किमो लिइसकेपछि मेरो जिउ कस्तो खाले हुन्छ? भन्ने पनि थाहा थिएन। अपांग भएर बाँच्छु कि? भन्ने सोचहरु मनमा आएको थियो। भगवानको कृपा हो, अहिले म जे छु, जस्तो छु।

जब हस्पिटलमा थिएँ, त्यतिखेर मैले सोचेको मान्छेहरु, माया गरेको मान्छेहरु मसँग कोही आएनन्। मेरो आमाबुवा र निकट साथीहरुभन्दा बाहेकका एउटा दुईटा आए। मेरो त जमातै हुन्थ्यो, ठूलो सर्कलमा साथीहरु थिए। त्यतिखेर कोही भएन। म एक्लो निराश भएर हस्पिटल बेडमा बसिरा’को हुन्थेँ।

एक जना डाक्टर हुनुहुन्थ्यो। हरेक आइतबार मकहाँ आउनुहुन्थ्यो। पूरा दिन मसँग बस्नुहुन्थ्यो। एकचोटी बस्नुभो। दुईचोटी बस्नुभो। मेरो मनमा धेरै प्रश्नहरु आउन थाले। एकदिन त मैले आफूलाई रोकेर सोधेँ, ‘तपाईं आइतबार यहाँ आएर बस्नुहुन्छ। न्युयोर्कको राम्रो हस्पिटलको डक्टर हुनुहुन्छ। त्यहाँ तपाई यति व्यस्त हुनुहुन्छ हप्तैभरी। आइतबार एक दिन पाउनुहुन्छ त्यो पनि आफ्नो परिवार, आफूलाई रिल्याक्स गर्ने दिन हो। तर, तपाईं मकहाँ आउनुहुन्छ? तपाईं मेरो फ्यान पनि होइन। साथी पनि होइन। किन आएर मसँग बस्नुहुन्छ। आफ्नो महत्वपूर्ण समय मर्ने व्यक्तिलाई किन दिइरहनुभएको छ?’

उहाँले भन्नुभो, ‘मनीषा जी सो द्याट यु डु दिस समबडी एल्स।’ म अवाँक भए। उहाँले आफूलाई भनेर होइन कि थाहा रहेछ म एक्लो छु भनेर। र मलाई साथको खाँचो छ भनेर। त्यसैले उहाँ आउनुभो। उहाँलाई इच्छा रहेछ मैले पनि त्यसै गरिदिउँ कसैलाई परेको बेलामा।

हरेक मान्छेहरुको सोच फरक हुन्छ। तपाईसँग एक जना होस्, दश जना होस् कोही नहोस्। तर, तिमी शान्त छौ भने केही हुँदैन। हामीलाई गाह्रो कहाँनेर हुन्छ भने जब हामीले अपेक्षा राख्छौँ। यसले माया गर्देला, मलाई दुःख परेको बेलामा यो मान्छे उभिन्छ होला भनेर अपेक्षा गर्छौं। तर, उभियो भने ठीकै छ नउभिए पनि ठीकै छ नि त! भनेर स्वीकार गर्न सक्नुपर्छ। मायाप्रेम पाए पनि राम्रो, नपाए पनि राम्रो। ब्यालेन्ससिटको फर्मुलामा गयो भने गाह्रो हुन्छ।

उचाईमा पुग्दा पनि मान्छेको दृष्टिकोणमा भर पर्छ। म युवा हुँदा एउटै नाक आकाशतिर भएर हिँड्थेँ। इगो धेरै बुस्ट हुन्छ। मेरो सेकेन्ड इनिङ्समा मैले सफलता पाएँ र यसमा रमाएँ। किनभने मैले असाध्यै मेहनत गरे सफल भएँ। मैले आफैंलाई असाध्यै आशीवार्द दिएँ। मैले आफैंले स्याबास भने पनि। तर, मलाई यति थाहा छ कि यी सबै सकिने रहेछ। जिन्दगीको सत्य अस्थायी हो। भोलि के हुन्छ थाहा हुँदैन।

उचाईमा पुुग्दा सीमितता हुन्छ। अब योपछि के गर्ने भन्ने हुन्छ? त्यो क्षण नै अपेक्षा गर्ने तर सँगै बग्ने होइन।

हामी मनुष्य हरेक जीवनमा साझा सत्य के हुन्छ भने निराश, सफलता। हामी सफल पनि देख्छौँ, ओरोलो झरिरहेका पनि हुन्छौँ। सानो होस् या ठूलो कुरा होस् कहींँ हामीलाई धेरै माया इज्जत दिइन्छ। त्यो सधैंभरीका लागि हुँदैन। भोलि गएर कहीँ अपमान, बेइज्जती सहनुपर्ला। म धेरै नै ओरोलामा झर्न चाहिनँ र धेरै नै उचाईमा पुगेर पागल पनि हुन चाहँदिन भन्ने मानवीय स्वभाव रहेछ।

जब मैले जिन्दगीलाई बुझ्दै गएँ, धेरै बुझ्ने भएँ। युवा अवस्थामा म पनि सानो कुराले चित्त दुख्दाखेरी म ओहो मिनाकुमारी भन्थेँ। एकदम निराश हुने। हरेक चिज परिवर्तन हुन्छ। अहिले जब उमेर बढ्दै गयो, अहिले लाग्छ हरेक चीज परिवर्तनशील छन्। जिन्दगी बुझेर बाँचेको राम्रो।

क्यान्सर भएर बेडमा हुँदा मैले सोंचेको थिएF जिन्दगीलाई सुधार गर्छु भनेर। जसले मलाई साँचो माया गरेको छ। जो अहिले मसँग उभिएको छ, त्यो सम्बन्धलाई अपनत्व महशुस गराउँछु। झन् सुदृढ गराउँछु। मेरो करियरलाई पहिलाको ठाउँमा ल्याउँछु। त्यो सबै एक एक गर्दै हिँडिराख्याछु अहिले। धेरै मान्छेले बम्बईमा फेरि करियर सुरु हुन्छ भनेर सोचेका थिए। किनभने मलाई सिनेमा मन पर्छ। अभिनय, कथाहरु भन्न, सुन्न, हेर्न मन लाग्छ। तर, मेरो अर्को पाटो खुलिसकेको छ। अब म एक्सप्लोर जिन्दगी बाँच्न चाहन्छु। जहाँ मेरो आत्मलाई लाग्छ। जहाँ मलाई खुशी लाग्छ, त्यो बाटो हिँड्दै जान्छु। जहाँ मलाई दिमागले नबाँधोस्। म जिन्दगीलाई खुला गर्दै छु।

मनमा एउटा सोच थियो, म जुन उचाईमा थिएँ, फेरि त्यही उचाईमा लगेर म निर्णय लिन्छु, निरन्तर गर्छु कि गर्न चाहँदिन। किनभने जो मान्छेले मृत्युको बोध गरेको हुन्छ त्यसलाई धैरै कुरा बाँध्दैन। म पहिले पनि त्यतिसारो बाँधिएको मान्छे होइन। तर, एउटा फ्लोमा करियर थियो।

मैले कडा मेहनत गरेपछि म राम्रो काम गर्न सक्दो रहेछु र राम्रो काम गरेपछि अरु राम्रा निर्देशकहरु, एक्कासी जिन्दगीले जोडले मलाई लगेको थियो। एकदमै महत्कांक्षी भएर म अगाडि बढेको होइन। पहिला पनि म त्यस्तो महत्कांक्षी होइन, अहिले पनि छैन।

मलाई अनुभव हुन्छ मैले केही महत्वकांक्षा प्रयोग गरेँ, जब केही महत्वपूर्ण उपलब्धि हासिल गरेँ। तर, पूर्ण क्षमतावान् थिएँ महत्वकांक्षा हुनका लागि ।

मेरो राजनीतिक व्यक्तिको जस्तो दिमाग छैन। म धैरै कलात्मक, सिर्जनशील, जिप्सि छु। राजनीतिक परिवारमा हुर्किएपछि केटाकेटीदेखि नै राजनीतिकको बारेमा सुन्दा सुन्दा रुची कम छ। राजनीति सजिलोसँग बुझिन्छ।

नेपाली सिनेमाको अहिले राम्रो समय छ। ‘पूर्णबहादुरको सारंगी’ भन्ने सिनेमा छ नि, करोडौँ कमायो। यो सुरुआत हो। किनकि पहिले पहिले नेपाली सिनेमाको बजेट र निर्माताले पाउने बजेट ३० लाख मात्रै हो। अहिले करोडौँमा पुगेपछि सम्भावनाको ढोकाहरु खुलेका छन्।

हामीले सिर्जनशीलता दिनुपर्छ। नेपाली समाजमा किताब पढ्नेहरु बढी छन्। त्यसको मतलब यदि कसैले सिर्जनशील फिल्म बनाउँछ। हाम्रो आफ्नो माटो, परम्परा, कथाहरु फिल्ममा हालेर विश्वस्तरको बनाउन सक्छौँ। त्यस्ता फिल्म निर्माताहरु युवापुस्ताहरुमा देखिएका छन्।

(नेपाल लिटरेचर फेष्टिभलमा मनीषा कोइरालाद्वारा व्यक्त धारणा)

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’