‘नारायणगोपालका लागि गीत लेख्न आफूलाई परिपक्व ठानिनँ’

‘नारायणगोपालका लागि गीत लेख्न आफूलाई परिपक्व ठानिनँ’
+
-

काठमाडौँ – मदन पुरस्कार विजेता लेखक ध्रुवचन्द्र गौतम धेरै पटक आफ्ना अनुभव साट्न स्टेज चढेका छन्। उनले धेरै कार्यक्रममा अरुका प्रश्नका उत्तरहरु दिएका छन्।

तर, शुक्रबार काठमाडौँ उत्सवमा उनी पहिलो पटक कार्यक्रममा प्रश्नकर्ताका रुपमा प्रस्तुत भए। नेपाल पर्यटन बोर्डमा भएको कार्यक्रममा उनका प्रश्नहरुको सामना गर्ने अतिथि थिए, व्यवसायी तथा लेखक वसन्त चौधरी।

कुराकानी पनि संगीतबाटै सुरु भयो। गौतमले नारायणगोपालसँगको अन्तिम भेटको स्मरण गर्दै सोधे– ‘तपाईंका गीतहरु नेपाल र भारतका धेरै चर्चित गायक गायिकाले गाएका छन्, नारायणगोपाललाई गीत गाउन दिन मन लागेन?’

जवाफमा चौधरीले भने, ‘मैले नारायणगोपालका लागि गीत लेख्न आफूलाई परिपक्व ठानिनँ।’

ठट्टा गर्न माहिर लेखक गौतमले थपे, ‘तपाईंसँग नारायणगोपालले गीत माग्नुभएन। मैले भने गाउन दिँदा पनि गाउनुभएन।’

छलफल वक्ता चौधरीको साहित्यिक लेखनको सेरोफेरोमा केन्द्रित रह्यो। चौधरीले भने, ‘मलाई व्यवसायभन्दा सधैं कला साहित्यले तानिरह्यो। मेरा गीत कविता सुनेर दर्शक स्रोताले दिने प्रतिक्रियाले मलाई अरु सबै कुराले भन्दा बढी ऐश्वर्य दिन्छ।’

पत्रिका प्रकाशनमा समेत समय र पैसा लगानी गरेका व्यवसायी चौधरीले पत्रकारितामा पनि आफूलाई विशेष लगाव भएको बताए। व्यवसाय, पत्रकारिताबाहेक साहित्यका गीत कवितालगायत विधामा कलम चलाएका चौधरीलाई गौतमले सोधे, ‘तपाईंले लेखनका धेरै विधालाई छुनुभएको छ, यसमा कुन चाहिँ नजिक छ?’

चौधरीले भने, ‘सबैभन्दा नजिक कविता नै हो।’

कवितालाई सबैभन्दा प्रिय भने पनि कार्यक्रमकै दौरानमा पहिलो पटक चौधरीले आफूले लेखिरहेको नयाँ उपन्यासको नाम सार्वजनिक गरे, देवयानी।

उनले उपन्यास एक जना साथीको वास्तविक कथामै आधारित भएको समेत जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?