३०० ग्राम ब्राउनसुगरसहित झापाबाट दुई जना पक्राउ

३०० ग्राम ब्राउनसुगरसहित झापाबाट दुई जना पक्राउ
+
-

झापा- झापाको भद्रपुरमा ठुलो परिमाणमा लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा तनहुँ भानु नगरपालिका– १२ कवाजित निवासी २४ बर्षीय सुदिप बिक र सुनसरी रामधुनी नगरपालिका– ३ सिंघिया निवासी २७ वर्षीय हिरालाल बिक रहेका छन् ।

उनीहरूको साथबाट प्लास्टिकसहित ३०१ ग्राम ब्राउनसुगर बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुर मातहत रहेको बिओपी महेशपुरको टोलीले हिजो साँझ ६ बजे भारतबाट बा ९० प १६७५ नम्बरको स्कुटर चढेर नेपाल आउँदै गरेका उनीहरूलाई भद्रपुर– ३ मेचीपारिस्थित झोलुङ्गे पुलमा शङ्का लागेर चेकजाँच गरेको थियो ।

त्यसक्रममा स्कुटरको ब्याट्री बक्सभित्र लुकाइछपाई राखिएको तीन वटा पोकामा २९८ ग्राम र एउटा पोकामा ३ ग्राम ब्राउनसुगर फेला परेको थियो ।

उनीहरूले ब्राउनसुगर भारतीय सीमावर्ती बजारबाट खरिद गरी ल्याएको र काठमाडौँ पठाउन खोजेको बताइएको छ ।

सशस्त्रले दुवै जनालाई ब्राउनसुगर, नगद १६ हजार ४१० रुपैयाँ, दुई थान मोबाइल र स्कुटरसहित आवश्यक कारबाही लागि वडा प्रहरी कार्यालय भद्रपुर बुझाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?