
मुगु – मुगुको पर्यटकीय होटल रारा डाँफे होटल मा बुधवार राति भएको आगलागीले होटेलका ५ वटा भवन जलेर पूर्ण रूपमा नष्ट भएपछि होटल व्यवस्थापन पक्षले विकल्प खोज्दै आफ्नै भवन सल्लेरीबाट सेवा विस्तार गरेको छ।
आगलागीका कारण होटलका सबै संरचनामा जलेर खरानी भएको थियो। यद्यपि, व्यवस्थापन पक्षले पर्यटकलाई निरन्तर सेवा दिनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै सल्लेरीमा यस अघि नै सन्चालनमा आईसकेको होटेलमा पर्यटकहरूको हित लाई ध्यानमा राखेर थप सेवा सुबिधा बिस्तार गरिएको पुर्व प्रतिनिधि सभा सदस्य एवं पर्यटन ब्यबसायी गोपाल बहादुर बमले जानकारी दिए।
शिबरात्रिको दिन कर्मचारी लगायत सबैजना मिलेर रमाईलो गरेका थियौ। राती एक्कासी आगलागी हुँदा होटेलमा रहेका ७० जना पर्यटकलाई रातिको समयमा उद्दार गरी बमले आफू सामान्य घाईते हुँदाहुँदै पनि सुरक्षित गन्तब्यमा पुयाएको बताएका छन्।
मानसिक रूपमा बिक्षिप्त नबनेका खुखी मुद्रामा रहेका बमले केही समय पछि सबै सरोकारवाला निकाय सँग समन्वय गरेर पुनः डाँफेहोटेल सन्चालनमा ल्याईने बताएका छन्।