श्रीमतीको हत्या गरिएको अवस्थामा शव फेला, छोरीलाई लिएर श्रीमान् फरार

श्रीमतीको हत्या गरिएको अवस्थामा शव फेला, छोरीलाई लिएर श्रीमान् फरार
+
-

जनकपुरधाम – धनुषामा एक महिलाको हत्या गरी पूजा घरमा गाडिएको अवस्थामा शव फेला परेको छ। शनिबार धनुषाको लक्ष्मिनीयाँ गाउँपालिका– ५ बनिनियामा २० वर्षीया अञ्जली देवी यादवको हत्या गरिएको अवस्थामा शव फेला परेको हो।

धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहले शनिबार महिलाको शव फेला परेको र दिउँसो १ बजेतिर मुचुल्का लगायतको प्रारम्भिक काम गरेर शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएको जानकारी दिए।

उनले भने, ‘श्रीमान–श्रीमतीबीच झगडा भएको थियो। श्रीमानले श्रीमती भाग्यो भनेर गाउँमा नाटक गरेका थिए आफू पनि १० महिनाको बच्चालाई लिएर मंगलबारदेखि बेपत्ता छन्।’

प्रवक्ता सिंहले गत शनिबार नै अञ्जलीको हत्या भएको बताए। उनले आइतबार मृतकका श्रीमान हरिराम यादवले श्रीमती भागेको भनेर गाउँमा सबैलाई भनेका थिए।

मंगलबार मृतकका श्रीमान् १० महिने छोरीसहित घरमा ताल्चा लगाएर बेपत्ता भएपछि स्थानीयले शंका गरेपछि शनिबार घरको ताल्चा खोल्दा पूजा घरमा शव फेला परेको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?