‘समुदायमा पुस्तकालयको पहुँच छैन’

‘समुदायमा पुस्तकालयको पहुँच छैन’
+
-

पोखरा – समुदायस्तरमा सार्वजनिक पुस्तकालयको अभाव भएको विद्यार्थीले गुनासो गरेका छन्। घर वरपर पुस्तकालयको पहुँच नहुँदा विद्यालयको पुस्तकालयको भर पर्नुपर्ने उनको भनाइ छ।

उनीहरु भन्छन्, ‘घर वरपर पुस्तकालय छैन। विद्यालयको पुस्तकालयले अभाव टारेको छ। रुचिअनुसारको किताब नहुँदा आफैंले किनेर पढ्छौँ।’

पोखराको लेकसाइडस्थित बारहीघाटमा जारी १२ औं संस्करणको एनसेल फाउण्डेसन नेपाल लिटरेचर फेस्टिभलको अलिमियाँ कक्षमा आइतबार ‘विद्यार्थीसँग किताब’ को चर्चा भयो।

राजनीतिज्ञ रसिसहरि भण्डारीसँग गण्डकी बोर्डिङ स्कुलकी प्रेन्सा रेग्मी, भानुभक्त माविका सुविन विक, बालोदय माविकी श्रीयंका रेग्मी, छोरेपाटन माविका सोहन कार्की, कुम्दिनी होम्स्का एरिन गुरुङ किताबसँगै पुस्तकालयको पहुँचका बारेमा गफिए।

प्रेन्साले समुदायस्तरमा पुस्तकालयको पहुँच नभएको बताइन्। विद्यालयको पुस्तकालय र बजारका पुस्तक पसलबाट किनेर आफ्नो पठन भोक मेटाउने उनको भनाइ थियो।

‘टोल समाजमा पुस्तकालयको पहुँच छैन। बजारमा गयो भने खोजेको पुस्तक पाइन्छ। घरमै बुवा आमाले पनि खोजेको किताबहरु ल्याइदिनुहुन्छ। मैले त्यसरी पनि पढ्छु’, उनी भन्छिन्, ‘घरमै थुप्रै पुस्तकहरु छन्। ती पुस्तकबाट पनि ज्ञान लिन्छु। मोबाइललाई प्रयोग गर्दै प्रविधिको माध्यमबाट पनि धेरै ज्ञान प्राप्त गरिरहेको हुन्छु।’

उनले इन्टरनेटको पहुँचबाट पनि पुस्तकहरु पढ्ने सुनाइन्। उनले थपिन्, ‘किनभने घरनजिकै पुस्तकालय छैन। विद्यालय पुस्तकालयको सुविधा राम्रो छ। सबै विधाको किताबहरु पाउँछु। त्यसरी किताबहरु पढिरहेको हुन्छु।’

सुविनले विद्यालयको पुस्तकालयले मात्रै रुचि समेट्न नसक्ने बताए। ‘समाजमा पुस्तकको पहुँच छैन। बजारमा जाने हो भने पहुँच हुन्छ’, उनले भने, ‘विद्यालयमा पुस्तकालय हुन्छ। विद्यालयको पुस्तकालयले रुचि समेट्न सक्दैन। गुरु, घरपरिवारले पुस्तक उपलब्ध गराइदिनुहुन्छ। आफैंले किनेर पनि पुस्तक पढ्ने गर्छु।’ पुस्तक पढेर प्राप्त गरेको ज्ञान अरुसमक्ष पनि बाँड्ने गरेको उनले बताए।

एरिन गुरुङले समुदायस्तरमा पुस्तकालयको पहुँच नहने साझा समस्या भएको खुलाइन्। उनले नेपालमा सार्वजनिक पुस्तकालय विकासमा जोड दिनुपर्ने तर्क पेश गरिन्। सामुदायिक पुस्तकालयको अभावमा आफैंले किताब किनेरसमेत पढ्ने गरेको उनले बताइन्।

‘घरकै कुरा गर्ने हो भने पुस्तक किनिरहेको हुन्छु। एक महिनामा, हप्तामा इच्छाअनुसार किनिरहेको हुन्छु। मेरो बुवाले पनि बिदाको बेलामा एउटा दुईटा किताब किन्नुहुन्छ’, उनी भन्छिन्, ‘उहाँले पढेर सक्नेबित्तिकै छोटो सारंश दिनुहुन्छ। त्यसले मलाई अझ पढ्न मन लाग्छ।’

विद्यालयमा भने पुस्तकालय सुविधासम्पन्न रहेको बताइन्। पुस्तकालयमा पुगेर सबै कक्षाका विद्यार्थीहरु पढ्ने बानीको विकास भएको उनले जानकारी दिइन्। उनका अनुसार आख्यानदेखि गैरआख्यान, राजनीति, इतिहासका सबै प्रकारका पाइन्छ।

विद्यालयमा साहित्य समूह बनाएर पठनसंस्कृतिमा जोड दिइरहको उनले सुनाइन्। ‘महिनाको अन्तिममा साहित्य समूहको बैठक बस्छौं। र हामीले कुन पुस्तक पढ्यौं भने छलफल गर्छौं। साथीले पढेको पुस्तकमा रुचि लाग्यो भने साटासाट पनि गर्छौं’, उनले सुनाइन्।

प्रेन्सा, सुविन, एरिनले जस्तै श्रीयंकाले पनि पुस्तकालयको पहुँच नभएको समस्या दोहोर्‍याए। ‘घरतिर कुनै पुस्तकालय छैन। विद्यालयमा छ। शिक्षकहरुलाई यस्तो पुस्तक ल्याइदिनु मलाई मनपर्छ भन्यो भने उहाँहरुले ल्याइदिनुहुन्छ। धेरैजसो उपन्यास पढ्छु’, उनको भनाइ थियो।

सोहनले घरपरिवारको प्रोत्साहनले पढ्ने बानीको विकास भएको सुनाए। ‘पुस्तकको पहुँचको कुरा गर्दा विद्यालयमा पुस्तकालय छ। पुस्तकालयमा हरेक विषयका किताबलाई समावेश गरिएको छ’, उनी भन्छन्, ‘घर वरपर सामुदायिक पुस्तकालयको पहुँच छैन। घरपरिवारले प्रोत्साहित गर्नुहुन्छ पुस्तक पढ्नलाई।’

पढ्ने बानीको विकास गर्नलाई किशोर अवस्थामा साथीभाइको महत्वपूर्ण भूमिका रहनेमा उनीहरु एकमत भए। साथीभाइले पढेको पुस्तकको चर्चा गर्दा पढ्नलाई रुचि जगाउनेमा उनीहरु सहमत थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?