स्वास्थ्य बिमाको प्रावधान यही चलाउने हो भने वर्षको ४० अर्ब रुपैयाँ छुट्याउनुपर्छः स्वास्थ्यमन्त्री पौडेल

+
-

झापा – स्वास्थ्य बिमाको विद्यमान प्रणाली राज्यले धान्न नसक्ने स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बताएका छन्। पाँचथरबाट इलाम हुँदै काठमाडौँ फर्कने क्रममा आइतबार झापाको बुद्धशान्ति गाउँपालिकाले सञ्चालन गरेको भागिरथा बुद्धशान्ति अस्पताल निरीक्षण गर्दै स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य बिमाको यही प्रणालीका लागि बर्ष ४० अर्ब रुपैयाँ राज्यले छुट्याउनुपर्ने अवस्था रहेको बताए।

उनले भने, ‘यही प्रणालीलाई निरन्तरता दिने हो भने बार्षिक ४० अर्ब रुपैयाँ बिमालाई छुट्याउनुपर्‍याे। होइन भने बिमाको प्रणाली परिवर्तन गर्नुपर्छ।’

आफूले मन्त्रालयको जिम्मेवारी लिएपछि बिमाको दायित्व ११ अर्ब रुपैयाँ रहेको र चालु आर्थिक वर्षका लागि साँढे सात अर्ब छुट्टाइएकाले अघिल्लो वर्षको दायित्व तिर्दातिर्दै चालु आर्थिक वर्षको पैसा पनि सकिएको उनले बताए। चालु आर्थिक बर्षको दायित्व नयाँ प्रावधान नआइन्जेल वा कुनै विशेष व्यवस्था नगरुन्जेल तिर्ने अवस्था अवस्था नरहेको उनले बताए।

मन्त्री पौडेलले भने, ‘यही तरिकाले बिमा चलाउने हो भने सरकारले बिमाको रकमका लागि बर्षको ४० अर्ब रुपैयाँ छुट्याउनु पर्छ।’
उनले नागरिकको योगदानमा आधारित बिमा प्रणाली लागू गर्न मन्त्रालयले काम गरिरहेको जानकारी दिए। उनका अनुसार सबै क्षेत्रबाट स्वास्थ्य बिमाका लागि रकमको व्यवस्था हुन जरुरी रहेको उनले बताए।

मन्त्री पौडेलले भने, ‘तलब पाउनेहरूले निश्चित रकम बिमा कोषमा जम्मा गर्ने, राज्यका हरेक अंगबाट बिमा कोषमा निश्चित प्रतिशतको रकम जम्मा गर्ने, हरेको नागरिकले सरकारी सेवा लिँदा बिमामा आवद्ध छरछैन हेरेर सेवा दिने व्यवस्था गर्ने हरेको नागरिक बिमामा आवद्ध पनि हुन्छ र उपचारमा गोजीबाट पैसा तिर्नु पनि पर्दैन।’

सोही प्रावधानका लागि योजनासहितको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइसकिएको उनले बताए। मन्त्रालयले दुई चरणको काम सकेर प्रतिवेदन प्रधामन्त्रीकहाँ पुगेको उनको भनाइ छ।

मन्त्री पौडेलले भने, ‘त्यसो भएको खण्डमा बिमाबाट पाँच लाख रुपैयाँसम्मको उपचार सेवा उपलब्ध गराउन संभव हुन्छ।’ बिमामा आवद्ध अस्पतालहरूले चालु आर्थिक वर्ष सुरु भएदेखिको पैसा अहिलेसम्म पाएका छैनन्। जस्का कारण अस्पतालहरूलाई अब बिमा सेवा कसरी धान्ने भन्ने विषयले चिन्तित बनाएको अस्पतालका सञ्चालकहरूले बताउने गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?