३ दिनदेखि अवरुद्ध नाग्म– गमगढी सडक सुचारु

३ दिनदेखि अवरुद्ध नाग्म– गमगढी सडक सुचारु
+
-

मुगु – हिमपात अवरुद्ध नाग्म–गमगढी सडक ३ दिनपछि बल्ल आइतवार बेलुका ५ बजेबाट सुचारु भएको छ। कर्णाली राजमार्ग अन्तरगत नाग्म–गमगढी सडकखण्डको सातमोड,सिप्टिचौर र बुलबुले क्षेत्रमा बाख्लो हिउँ जम्दा सडक अवरुद्ध भएको थियो।

अवरुद्ध सडकको हिउँ तथा झरेको पहिरो हटाउन शुक्रबारबाट सडक डिभिजन कार्यालय जुम्ला र नेपाली सेनाले शुरु गरेपनी आइतवार दिउँसो २ बजेमात्र सकिएकाले यो खण्डको सडकमा यातायत सुचारु भएको हो।

सडक सुचारु भएपछि मुगुबाट अन्य जिल्लामा जाने र मुगु तर्फ आउने मालवाहक तथा यात्रु वाहक सवारिका साधनहरु आ आफ्ना गन्तव्य तिर लागेका छन्।

नेपालकै प्रमुख गन्तव्य रारा ताल घुम्न आएका आन्तरिक पर्यटक सडक अवरुद्ध हुँदा ३ दिन देखि बुलबुलेमा बास बसेका थिए अब सडक सुचारु भयो रारा आउने पर्यटक,साना ठुला गाडी सबै आ आफ्नो गन्तव्य तिर हिडि सकेको प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले जानकारी गराए।

उनले भने, ‘हिउँ हटाउन सडक डिभिजनको एक्साभेटर सहितको टोलिले ३ दिनदेखि रातदिन नभनी हिउँ पन्छाउने काम गर्यो र बुलबुलेमा रहेको नेपाली सेनाले पनि सहयोग गर्दा सडक खोल्न सहज भयो।’

मेसिन र जनशक्ति परिचालन गरी भूलभुले, सात मोड र जिअ भिड क्षेत्रमा रहेको ४ किमि सडकको हिउँ र पहिरो हटाईएको सडक डिभिजन जुम्लाका प्रमुख दीपेन्द्र चौधरीले बताएका छन्।

कर्णाली राजमार्गको यही सडक भएर नेपालकै ठूलो ताल रारा ताल र प्रसिद्ध धार्मिक स्थल छायाक्षेत्र,रिणिमोक्क्ष र थार्पमष्टा पुगिने भएकाले यो सडक सधैँ व्यस्त सडक मानिन्छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?