झापा कचनकवलमा पुराणको प्रसाद खाँदा १८ जना बिरामी

झापा कचनकवलमा पुराणको प्रसाद खाँदा १८ जना बिरामी
+
-

झापा – झापाको कचनकवल–६, बनियानीमा पुराणको प्रसाद खाएर १८ जना बिरामी भएका छन्। पशुपति दाहालको वार्षिकीमा विष्णु दाहालको घरमा तीन दिनदेखि लगाइएको पुराणको प्रसाद खाएर ३ जना बालबालिकासहित १८ जना बिरामी भएका हुन्।

बिरामीको संख्या बढ्दै गएको छ। शनिवार बेलुका प्रसाद खाएकोमा आइतबार बिहानदेखि उनीहरूलाई ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुनेजस्ता समस्या देखिएको छ।

बिहान साढे ११ बजे शुरुमा एकजना वृद्धा विरामी भएर आएकोमा त्यसपछि अरु पनि आउन थालेको प्राथमिक स्वास्थ्य केन्द्र, बनियानीका चिकित्सक डा‍. दिपेन राजवंशीले बताए।

उनले स्वास्थ्य केन्द्र विरामीले भरिसकेको जानकारी दिए। भर्ना भएकामध्ये १२ जना निको भएको र केहीलाई रेफर गर्ने तयारी भइरहेको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए। विषाक्त प्रसाद चेकजाँच गर्न दाहालको घरमा स्वास्थ्यकर्मी पठाइएको उपाध्यक्ष भट्टराईले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?