
काठमाडौँ- काठमाडौंको टोखामा प्रहरीको गोली प्रहार गर्दै एक भारतीय सुटरलाई पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली प्रहार गरेर भारतीय सुटर गुड्डु पटेललाई पक्राउ गरिएको हो।
२०७९ असोज ३ मा काठमाडौंको गोठाटारमा लाल मोहम्मदको गुड्डुले गरेका थिए।
लाल मोहम्मदको हत्या गर्दा गोली प्रहार गर्ने दुई जनामध्ये गुड्डु एक हुन्। उनलाई पक्राउ गर्न प्रहरीले सुरुमा दुई राउण्ड हवाई फायर गरेको थियो। भाग्न थालेपछि थप दुई राउण्ड गोली प्रहार गरेको हो।
मोहम्मदको हत्या गर्ने योजनाकार मध्येका बब्लु पासवानलाई प्रहरीले २०८१ वैसाखमा पक्राउ गरेको थियो। गुड्डु केही दिन अघि काठमाडौं आएको प्रहरीले सुराकी पाएको थियो भने निगरानी गर्ने क्रममा उनी टोखा एरियामा रहेको थाहा भएपछि प्रहरीले कारबाही गरेको प्रहरीले जानकारी दिएको छ।