च्याम्पियन्स ट्रफी: सेमिफाइनलमा भारत र अस्ट्रेलिया तथा न्युजिल्यान्ड र दक्षिण अफ्रिका भिड्ने

च्याम्पियन्स ट्रफी: सेमिफाइनलमा भारत र अस्ट्रेलिया तथा न्युजिल्यान्ड र दक्षिण अफ्रिका भिड्ने
+
-

च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनल भिडन्त तय भएको छ। समूह ‘ए’ को अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई हराएसँगै सेमिफाइनलमा भारतले अस्ट्रेलिया तथा न्युजिल्यान्डले दक्षिण अफ्रिकासँग भिड्ने पक्का भएको हो।

समूह ‘ए’ को विजेता बनेको भारतले समूह ‘बी’ को उपविजेता बनेको अस्ट्रेलियासँग युएइमा खेल्ने छ। त्यस्तै पाकिस्तानमा समूह ‘बी’ को विजेता दक्षिण अफ्रिकाले न्युजिल्यान्डको सामना गर्ने छ।

आइतबार दुबईमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४९ रन बनाएको थियो। जवाफमा दक्षिण अफ्रिका ४५.३ ओभरमा २ सय ५ रनमा समेटिएपछि भारतले ४४ रनको जित निकाल्यो। भारतको यो समूहचरणमा शतप्रतिशत जित हो। उसले बंगलादेश, पाकिस्तान र न्युजिल्यान्डलाई हराउँदै अपराजित रहेर सेमिफाइनल प्रवेश गर्यो।

भारतका लागि श्रेयस अय्यरले सर्वाधिक ७९ रन बनाउँदा अक्षर पटेलले ४२ रन बनाएका थिए। त्यस्तै हार्दिक पाण्ड्याले ४५ रन बनाउँदा  रविन्द्र जडेजाले १६ रन बनाएका थिए। विराट कोहलीले ११ रन बनाउँदा रोहित शर्माले १५ रन बनाएका थिए। न्युजिल्यान्डका लागि म्याट हेनरीले ५ विकेट लिएका थिए।

२ सय ५० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड भारतीय बलर सामु खुलेर खेल्न सकेन्। उसका लागि केन विलियमसनले ८१ रन बनाउनु बाहेक अन्यको प्रदर्शन भने गतिलो रहेन। कप्तान मिचेल स्यान्टनरले ८८ रन बनाउँदा विल योङले २२ रन बनाएका थिए। भारतका लागि वरुण चक्रवर्तीले ५ विकेट लिंदा कुलदिप यादवले २ विकेट लिएका थिए।

प्रतियोगिताको पहिलो सेमिफाइनल भारत र अस्ट्रेलियाबिच मंगलबार दुबइमा हुने छ। दोस्रो सेमिफाइनल न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबिच लाहोरमा हुने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?