अमेरिकी सपनामाथि ‘ट्रम्प घन’, ५० जना दलाललाई सरकारकै संरक्षण

अमेरिकी सपनामाथि ‘ट्रम्प घन’, ५० जना दलाललाई सरकारकै संरक्षण
+
-

काठमाडौँ– पाँच–छ जना उस्तै उमेर देखिने युवा हतारमा छन्। लुगा पनि उस्तै–उस्तै- खरानी रङको टिसर्ट, उस्तै रङको ट्राउजर लगाएका उनीहरू बुधबार दिउँसो करिब ३ बजे प्रहरीको मानव बेचबिखन व्यूरोको ढोकाबाट निस्कन्छन्।

कोही मोबाइल कानमा राखेर कुरा गरिरहेका छन्। सायद आफन्तलाई फोन गरेका थिए कि! काठमाडौँको बबरमहलस्थित सडकको छेवैमा रहेको मानव बेचबिखन व्यूरोबाट उनीहरू सडकमा निस्कन्छन्। र, गन्तव्यतिर लाग्छन्।

उनीहरूको गन्तव्य कता हो? न ती युवाले भने, न अरू कसैलाई थाहा नै छ। प्रहरीलाईसमेत उनीहरू अब कता जान्छन् थाहा छैन। अनुमान हो– अब उनीहरू घर जान्छन्।

अमेरिकामा अवैध बसेको भन्दै ९ जना नेपालीलाई बुधबार करिब १० बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी सरकारले ल्याइदिएको थियो। अर्थात् उनीहरूलाई अमेरिकाले देशनिकाला गरेर आफ्नै विमान चार्टर्ड गरेर नेपाल फर्काएको थियो।

नेपाल फर्काइएका ९ जनालाई अध्यागमन विभागले प्रहरीको जिम्मा लगायो। र, प्रहरीले सामान्य सोधपुछपछि परिवारको जिम्मा लगाएको थियो। मानव बेचबिखन व्यूरोकाअनुसार परिवारका सदस्य नभए अन्य कुनै व्यक्तिको जिम्मामा घर पठाइएको छ।

अमेरिकाबाट फर्किनेहरूमा २ जना महिला र ७ जना पुरुष रहेका छन्। मानव बेचबिखनका प्रहरी उपरीक्षक एवम् प्रवक्ता नरेन्द्र कुँवरले फर्काइएका सबै ३५ वर्षा मुनिका रहेको जानकारी दिए।

फर्काइएका ९ जनामा डोटीका १ जना, रोल्पाका १ जना, रुकुम पूर्वका २, रुकुम पश्चिमका २ र सबैभन्दा धेरै दाङका ३ जना रहेका छन्।

नेपाली युवाहरूलाई अमेरिकाबाट नेपालसम्म ल्याइएको चार्टर्ड विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा।

अमेरिकी सपनामाथि ‘ट्रम घन’, निकालिए ३५ जना नेपाली

दलाललाई मोटो रकम (५० लाखदेखि एक करोडभन्दा बढी) बुझाएर अमेरिकामा कमाउने र रमाउने सपना बोकेर अवैबाटोबाट अमेरिका पुगेकाहरूमाथि अहिले ‘ट्रम घन’ बज्रिरहेको छ।

गएको माघ ७ गते अमेरिकाको ४७ औँ राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि सपथ लिएका थिए। उनले निर्वाचनमा राष्ट्रपतिकै उम्मेदवार भएपछि आप्रवासीप्रति कठोर हुने अभिव्यक्ति दिएका थिए।

निर्वाचित भएपछि उनी आप्रवासी नागरिकप्रति ‘कठोरता’ प्रदर्शन गरिरहेका छन्। oसका कारण नेपालबाट सुनौलो भविस्यको सपना बुनेर दलालको फन्दा परी अमेरिका पुगेकाहरूमाथि पनि अहिले कालो बादल लागेको छ।

ट्रम्प राष्ट्रपति भएको महिना दिनमै अमेरिकाबाट ३५ नेपाली निकालिएका छन्। बुधबार ९ जना नेपाली फर्किएका थिए। उनीहरूमध्य एक जनालाई मात्र नियमित उडान कतार एयरवेजबाट नेपाल फर्काइएको थियो।

बाँकी ८ जनालाई आफ्नै विमान चाटर्ड गरेर अमेरिकाले नेपाल फर्काएको हो। यसअघि फर्काइएकाहरु नियमति उडानबाट फर्काइएका हुन्। ट्रम्प कार्यकाल सुरु भएपछि बुधबार पहिलो पटक विमान चाटर्ड गरेर फर्काइएको हो।

यसरी अवैध रुपमा अमेरिका छिरेर फर्काइएकाको संख्या ठुलो छ। यसअघि पनि अवैध अमेरिका छिरेकालाई फर्काइने गरिने भए पनि ट्रम्प अवैध आप्रवासीप्रति अझ कठोर देखिएका छन्।

अवैधमार्गबाट गएर डिपोर्ट हुने नेपालीको रेकर्ड भने अध्यागमन विभाग र मानव बेचबेखिन अनुसन्धान ब्युरोले राख्दै आएको छ। ब्युरोको तथ्यांकमा मात्रै पछिल्लो ७ वर्षमा २६३ नेपाली अमेरिकाबाट फर्काइएका छन्।

आर्थिक वर्ष ०७५/ ७६ मा ४५, ०७६/ ७७ मा ८३, ०७७/ ७८ मा ३०, ०७८/ ७९ मा १३, ०७९/८० मा ७ , ०८०/ ८१ मा २१ र चालु आर्थिक वर्षको ८ महिनामा ६३ जना फर्काइएका हुन्।

फर्काइकाहरूमध्ये २५२ जना पुरुष रहेका भन् १० जना महिला रहेका छन्।

५० जना दलाललाई सरकारकै संरक्षण

संगठित मानव तस्कर (दलाल)को जन्जालमा परेर अवैधरुपमा नेपालीहरू अमेरिका पुगिरहेका छन्। लामो दूरीको कठिन जङ्गलको पैदल यात्रा तथा समुद्रमा डुङ्गाबाट यात्रा गरेर उनीहरू अमेरिका छिरिरहेको अवस्था छ।

यसरी कठीन बाटोबाट करोड रुपैयाँ दलाललाई तिरेर अमेरिका जाँदा बाटोमै कतिपयको ज्यान गएको छ। समाचारमा आएको विवरणले मात्र हालसम्म १२ जनाले ज्यान गुमाएका छन्। उनीहरूलाई सरकारले क्षतिपूर्ति दिँदैन।

दलालले पनि पैसा फिर्ता दिनुभन्दा त्यही पैसामा अर्को मान्छे पठाउने जस्ता प्रलोभन पार्ने गरेको पीडित परिवार बताउँछन्।

यसरी अवैध रुपमा अमेरिका फठाउने दलालको जालो नेपाल सरकारलाई थाहा नहुने होइन। प्रहरीको लिस्टमा मात्र ४० जनाको नाम छ। तर उनीहरूलाई सरकारले संरक्षण गरेर राखेको छ।

उनीहरूलाई खोज्ने र कारबाही गर्ने गरेको देखिएको छैन। मानव बेचबिखन व्यूरोले ५० जनामाथि अनुसन्धान गरिरहेको प्रहरी स्रोतले बतायो। तर उनीहरूलाई कारबाही गर्न सरकार मौन रहेको छ।

अमेरिकाबाट फर्काइएकाहरू उजुरी दिदैनन्

बुधबार अमेरिकाबाट फर्काइएका ९ जनालाई सामान्य प्रकृया पूरा गरेर अध्यागमन विभागले एयरपोर्टबाट प्रहरीको जिम्मा लगाएको थियो। एयरपोर्टबाट उनीहरुलाई सिधैं मानव बेचबिखन व्यूरो लगियो।

प्रहरीले उनीहरुसँग करिब दुई घण्टा सोधपुछ गर्‍यो। त्यसमामा प्रहरीले मानव ओसारपसारको परेको हुन सक्ने भन्दै प्रश्न सोधेको थियो। उनीहरुलाई अवैध रुपमा पठाउँने एजेन्टको नाम समेत खुलाउन र उनीहरूकाविरद्ध उजुरी दिन पनि भन्यो।

तर फर्काइएका उनीहरुले एजेन्टको नाम नै खुलाउन चाहेनन्। उजुरी दिन इनकार गरे। ‘पीडितहरुले उजुरी नै दिन मान्नु भएन’, मानव बेचबिखनका प्रवक्त कुँवरले भने।

यी ९ जनाले मात्र होइन। अमेरिकाबाट फर्काइएका प्राय: सबैले एजेन्ट (दलाल)काविरुद्ध बोल्न नचाहने प्रवक्ता कुँवरले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?