
सिमकोट – जिल्लाका सात वटै गाउँपालिकाका लागि यसवर्षका लागि पाठ्यपुस्तक आइपुगेर विद्यार्थीको हातहातमा परेको छ। जनक शिक्षा सामग्री केन्द्रको नेपालञ्ज शाखाबाट पुस्तक ढुवानीको जिम्मा पाएको सप्लायर्सले पैदल मार्गबाट ढुवानी गरेर गाउँपालिका केन्द्रहरुमा ल्याइपुर्याएका थिए।
जनक शिक्षा सामग्री केन्द्रले हुम्लाका सात वटै गाउँपालिकाका लागि पुस्तक लग्ने र गाउपालिकामा पुर्याउने कार्य भएको जनाएको छ। हिमाली जिल्ला हुम्ला डोल्पाका लागि पुस्तक बिक्री सुरु भएको हो।
गाउँपालिकाका सवै विद्यालयका लागि पाठ्यपुस्तक आइपुगेर बितरण कार्य पनि पूरा भएको खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले बताए। पाठ्यपुस्तक गाउँपालिकामा पुगेसंगै बिद्यालयलाई बितरण कार्य पनि भएको छ। खार्पुनाथमा सत्र वटा सामुदायीक विद्यालयहरु रहेका छन्। गाउँपालिकाका लागि पुस्तक ढुवानीको जिम्मा सुमन पुस्तक पसलले लिएको थियो।
माघ २० गतेबाट मसान्तसम्म भर्ना अभियान, फागुन ७ गतेबाट १२ गतेसम्म पुरकपरिक्षा र १३ र १४ गते पुस्तक बितरण गर्ने कार्य भएको हो। यसअघि सिमकोट र नाम्खा गाउँपालिकाका ३५ वटा सामुदायीक विद्यालयका लागि पुस्तक ढुवानीको जिम्मा लिएको रोकाया पुस्तक पसलका प्रतिनिधि ज्ञानबहादुर रोकायाले नयाँ शैक्षिक सत्र सुरु हुनु भन्दा एक हप्ता अगाडी नै पाठ्य पुस्तक सदरमुकाम सिमकोटमा पुर्याएर बिक्री सुरु भइरहेको छ। रोकायाले यी दुई गाउँपालिकाका लागि कक्षा एक, दुई र चारका लागि एक हजार ५५ सेट पुस्तक जिल्लामा ढुवानी गरेर ल्याई पुर्याउनु थियो् भने कक्षा ३, ५, ६, ७, ८, ९, १० , ११ र १२ का लागि एक हजार ९६० सेट पुस्तक ढुवानी गरेर ल्याईएको हो।
यता सर्केगाड गाउँपालिकाका विद्यालयहरुका लागि पुस्तक खरिद र ढुवानीको जिम्मा लिएको ज्ञानु बुक्स एण्ड स्टेस्नरीले पुस्तक खरिद गरेर गाउपालिकामा पुर्याएको जनाएको छ। सर्केगार्ड गाउँपालिकामा ३२ वटा विद्यालय रहेका छन्। त्यस्तै चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिकाकाका ५७ वटा विद्यालयका लागि पनि पाठ्य पुस्तक खरिद गरेर गाउँपालिकामा पुर्याएर विद्यार्थीको हातमा पुर्ने कार्य भएको एलवी सप्लायर्सले जनाएको छ। गाउँपालिका केन्द्रमा पुस्तक पुगेको र बितरण पनि सुरु भएको छ।
शिक्षा बिकास तथा समन्वय एकाईले हुम्ला जिल्लामा १४१ वटा विद्यालयहरुमा २० हजार ३९० विद्यार्थीहरु अध्ययन गर्दै आएकोले यसवर्ष नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि पुस्तक जिल्लामा पुगेको उल्लेख गरेको छ। आवश्यक पुस्तक सेट जिल्लामा आएका छन। यससमय मै पाठ्य पुस्तक विद्यार्थीहरुका हात पर्ने र बिगतको भोगेको समस्या नदोहोरिने अवस्था रहेको छ।