महिला नेतृत्त्वमा ग्रेट हिमालयन ट्रेल नेपालको ऐतिहासिक यात्रा सुरू

महिला नेतृत्त्वमा ग्रेट हिमालयन ट्रेल नेपालको ऐतिहासिक यात्रा सुरू
+
-

काठमाडौँ- महिला नेतृत्त्वमा ऐतिहासिक साहसिक यात्रा सुरु भएको छ। माया गुरुङको नेतृत्त्वमा १२ महिला नेतृहरू मिलेर ग्रेट हिमालयन ट्रेल नेपाल (GHT) यात्रा गर्दै छन्।

यो यात्रा १०० दिनसम्म चल्नेछ र यस क्रममा उनीहरूले २० देखि २५ जिल्ला पार गर्नेछन्। पूर्वदेखि पश्चिमसम्म १७०० किलोमिटर भन्दा बढी दूरी पार गर्दै, उनीहरू हिमाली क्षेत्रमा सामुदायिक संजाल विस्तार गर्दै छन् ।

लीड एक्स (LEADx) का कार्यकारी अध्यक्ष तथा सह-संस्थापक डाक्टर छिरिङ लामाले टोलीलाई शुभकामना दिँदै, महिलाहरूको साहस र सामर्थ्यप्रति चकित भएको बताएका छन्।

यस ऐतिहासिक यात्राको नेतृत्त्व अनुभवी पर्वतारोही तथा ७ वुमन समिटकी नेतृ माया गुरुङले गरिरहेकी छन्। उनले हिमाली क्षेत्रका उ‌द्यमशीलता अवसरहरू पहिचान गर्ने तथा स्थानीय समुदायलाई विश्वसँग जोड्‌ने लक्ष्य राखेकी छिन्। साथै, उनले इच्छुकहरूलाई यो रोमाञ्चक यात्रामा सहभागी हुन निमन्त्रणा दिएकी छन्।

आईडिया स्टुडियो नेपाल र फाउण्डर्स क्लबले पनि यस यात्रालाई समर्थन गर्दै सम्पूर्ण टोलीलाई शुभकामना दिएका छन्। फाउण्डर्स क्लबकी अध्यक्ष सुरुची खड्‌काले टोलीलाई हिमाली चिसोबाट जोगाउन ‘न्यानो हीट प्याड’ उपहार प्रदान गरेकी छन्। यस यात्रामा ६५ वर्षीय श्री सुन्दर चौधरी पनि माया गुरुङ र उनकी महिला टोलीसँगै सहभागी हुँदै छन् ।

महिला नेतृत्त्वको विशेषता

यो यात्रा नेपालकै पहिलो महिला नेतृत्त्वमा आधारित लामो दुरीको साहसिक ट्रेक हो। यस यात्राले हिमाली क्षेत्रका समुदायहरूलाई प्रवर्धन गर्न, दिगो पर्यटनलाई प्रोत्साहन गर्न र महिला सशक्तीकरणलाई बल दिन महत्वपूर्ण भूमिका खेल्नेछ।

मुख्य गन्तव्यहरू

१. *कञ्चनजङ्घा क्षेत्र नेपालको पूर्वी भागमा पर्ने यस क्षेत्रमा साङ्‌गीता बी. के. को नेतृत्त्वमा यात्रा हुनेछ।

२. मकालु-बरुण क्षेत्र – मनमाया तामाङको नेतृत्त्वमा संचालन हुने यो यात्रा हिमाली जैविक विविधताको अनुभव प्रदान गर्नेछ ।

३. “एभरेस्ट क्षेत्र” – चर्चित ट्रेकिङ गन्तव्यमा रञ्जिता लामाको अगुवाइमा यात्रा हुनेछ।

४. “रोल्वालिङ क्षेत्र – कमै घुमफिर गरिने क्षेत्र हो, जहाँ प्रमिता सापकोटाको नेतृत्वमा यात्रा हुनेछ।

५. *जुगल क्षेत्र – संगिता तामाङको नेतृत्वमा पारम्परिक संस्कृति र हिमाली जीवनशैलीको अनुभव लिन सकिन्छ।

६. “लाङटाङ क्षेत्र* – दीपा लामिछानेको नेतृत्वमा यात्रा हुनेछ, जसमा तामाङ समुदायको समृद्ध संस्कृति झल्किन्छ।

७. *मनास्लु तथा अन्नपूर्ण क्षेत्र अनिशा श्रेष्ठको नेतृत्वमा यो यात्रा भौगोलिक विविधतायुक्त अनुभव दिनेछ ।

८. “मुस्ताङ क्षेत्र – श्रीष्टी तामाङको नेतृत्त्वमा इतिहास, संस्कृति, र प्राकृतिक सौन्दर्यको मिश्रण पाइन्छ। ९. “डोल्पो क्षेत्र” – सरस्वती तामाङको नेतृत्त्वमा यस क्षेत्रको प्राचीन संस्कृति अनुभव गर्न सकिन्छ।

१०. “हुम्ला तथा सुदूरपश्चिम नेपाल बर्शा बी. के. को नेतृत्त्वत्मा ट्रेक हनेछ ।

यस यात्राले हिमाली क्षेत्रका मानिसहरूको जीवनशैली, संस्कृतिलाई उजागर गर्नेछ। साथै, हिमाली व्यापारिक सम्भावनाहरू पहिचान गर्ने र अन्तर्राष्ट्रिय समुदायसँग जोड्ने महत्त्वपूर्ण अवसर प्रदान गर्नेछ। यस अ‌द्वितीय यात्राले नेपालका हिमाली भेगका महिलाहरूलाई प्रेरणा दिने विश्वास गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?